राष्ट्र बैंकविरुद्ध मुद्धा जितेका बोहोरा नेरुडे मिर्मिरे लघुवित्तमा अध्यक्ष नियुक्त, मनपरी गर्ने कर्मचारी त्राहिमाम !

काठमाडौँ । आफुलाई गैरकानुनी रुपमा कारवाही गरेको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध नै मुद्धा हालेर मुद्धा जितेका टेकबहादुर बोहरा पुन: नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् । शनिबार ३५० औँ सञ्चालक समितिको बैंकले अध्यक्ष पदमा बोहरालाई नियुक्त गरेको हो । उनी यसअघि मिर्मिरे लघुवित्तमा अध्यक्ष थिए भने राष्ट्र बैंकले स्वार्थको द्वन्द हुनेगरी […]

Sep 22, 2024 - 08:33
 0
राष्ट्र बैंकविरुद्ध मुद्धा जितेका बोहोरा नेरुडे मिर्मिरे लघुवित्तमा अध्यक्ष नियुक्त, मनपरी गर्ने कर्मचारी त्राहिमाम !

काठमाडौँ । आफुलाई गैरकानुनी रुपमा कारवाही गरेको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध नै मुद्धा हालेर मुद्धा जितेका टेकबहादुर बोहरा पुन: नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् । शनिबार ३५० औँ सञ्चालक समितिको बैंकले अध्यक्ष पदमा बोहरालाई नियुक्त गरेको हो ।

उनी यसअघि मिर्मिरे लघुवित्तमा अध्यक्ष थिए भने राष्ट्र बैंकले स्वार्थको द्वन्द हुनेगरी काम गरेको भन्दै कारवाहि गरेपछि अध्यक्ष पदबाट बाहिरिएका थिए । आफुविरुद्ध राष्ट्र बैंकले गैरकानुनी कारवाही गरेको भन्दै उनी अदालत गएका थिए । अदालतले उनलाई सफाई पनि दियो । तर, अदालतले सफाई दिंदा उनको मिर्मिरेमा कार्यकाल सकिएको थियो ।

उनकै पहलमा नेरुडेसँग मर्जरमा गएको मिर्मिरेमा त्यसपछि पोष्ट मर्जर लफडा निम्तिएका थिए । अन्तत: संस्थामा हदैसम्मको मनपरी हुन थालेपछि धेरैले बोहोरालाई नै अध्यक्षमा नियुक्त गर्नुपर्ने आवाज उठाईरहेका थिए । संस्थाले पनि यहि विषयलाई सम्बोधन गर्दै उनलाई अध्यक्ष बनाएको छ ।

उनी अध्यक्ष भएसँगै संस्थामा ‘मनपरी’ गरिरहेकाहरु भने त्राहिमाम भएका छन् । स्वयम् बोहोराले पनि संस्थामा मनपरी भईरहेको भन्दै आवाज उठाईरहेका थिए । बाहिर आवाज उठाउने व्यक्ति नै संस्थामा अध्यक्ष भएर आएपछि अन्तत: मनपरी गरिरहेका कर्मचारीहरु पनि त्राहिमाम भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register