राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको प्रतिनिधिमण्डल बेलायतमा

लन्डन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहितको प्रतिनिधिमण्डल बेलायत आइपुगेको छ । पार्टीको भ्रातृ संगठन प्रवासी नेपाली एकता समाज यूकेको निमन्त्रणामा बेलायतमा हुने विविध कार्यक्रममा सहभागी हुन प्रतिनिधिमण्डल शनिबार बेलायत आएको हो । बेलायतको गेटवीक विमानस्थलमा दिउसो उत्रिएका नेताहरुलाई समाजका अध्यक्ष रोशन सापकोटा, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायत राप्रपा कार्यकर्ता र शुभचिन्तकहरुले […]

Sep 21, 2024 - 14:15
 0
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको प्रतिनिधिमण्डल बेलायतमा

लन्डन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहितको प्रतिनिधिमण्डल बेलायत आइपुगेको छ ।

पार्टीको भ्रातृ संगठन प्रवासी नेपाली एकता समाज यूकेको निमन्त्रणामा बेलायतमा हुने विविध कार्यक्रममा सहभागी हुन प्रतिनिधिमण्डल शनिबार बेलायत आएको हो ।

बेलायतको गेटवीक विमानस्थलमा दिउसो उत्रिएका नेताहरुलाई समाजका अध्यक्ष रोशन सापकोटा, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायत राप्रपा कार्यकर्ता र शुभचिन्तकहरुले स्वागत गरेका थिए ।

अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा उनकी धर्मपत्नी सीता थापा लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्की सहभागी छन् ।

बेलायत उत्रिएपछि अध्यक्ष लिङ्देनले नेपालका हरेक निर्णयमा प्रभाव पार्ने नेपालीहरु अहिले संसारभर छरिएकाले उनीहरुसंग सुमधुर सम्बन्ध स्थापित गर्ने पार्टीको नीति बमोजिम अन्तरक्रियाका लागि आफूहरु यूके आएको बताए ।

इंग्ल्याण्ड र स्कटल्याण्डमा हुने अन्तरक्रियामा बेलायतमा रहेका नेपालीको सीप, ज्ञान र पूँजी नेपालको हितमा कसरी लगाउने भन्नेबारे छलफल हुने उनले जनाए । 

कार्यक्रममा ‘एक पटकको नेपाली सधैंको नेपाली’ हुनुपर्छ र त्यसले मातृभूमिसंगको सम्बन्ध जीवन्त राख्न मद्दत पुग्छ भन्ने पार्टीको धारणा औपचारिक रुपमा प्रस्तुत गरिने पनि अध्यक्ष लिङ्देनले बताए ।

राप्रपा नेताहरुसंग आइतबार अल्डरसटमा एक अन्तरक्रिया कार्यक्रम तय छ ।

समाजका अध्यक्ष रोशन सापकोटाले पार्टीले वंशजको नेपाली नागरिकताबारे आफ्नो धारणा औपचारिक रुपमा राख्ने र अन्तरक्रिया गर्ने भएकाले यो सबैका लागि महत्वपूर्ण अवसर रहेको बताए । उनले कार्यक्रममा सहभागिताका लागि सबैमा अपिल पनि गरे ।

अध्यक्ष लिङ्देन असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register