केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठक: बजारमा कृत्रिम अभाव र कालोबजारी रोक्न विभिन्न निर्णय

काठमाडौं । केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले बजारमा कृत्रिम अभाव हुन नदिने, कालोबजारी रोक्नुपर्ने, तथा दशैंका बेला यातायात सहज बनाइने गरी सरकारका सबै संयन्त्रहरू परिचालन गर्ने निर्णय गरेको छ। मुख्य सचिव एक नारायण अर्यालको अध्यक्षतामा बसेको समितिको सो बैठकले त्यस्तो निर्णय गरेको हो। मुख्य सचिव अर्यालले केही महिनादेखि बस्न नसकेको केन्द्रीय अनुगमन तथा मूल्यांकन […]

Sep 22, 2024 - 03:36
 0
केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठक: बजारमा कृत्रिम अभाव र कालोबजारी रोक्न विभिन्न निर्णय

काठमाडौं ।

केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले बजारमा कृत्रिम अभाव हुन नदिने, कालोबजारी रोक्नुपर्ने, तथा दशैंका बेला यातायात सहज बनाइने गरी सरकारका सबै संयन्त्रहरू परिचालन गर्ने निर्णय गरेको छ। मुख्य सचिव एक नारायण अर्यालको अध्यक्षतामा बसेको समितिको सो बैठकले त्यस्तो निर्णय गरेको हो।

मुख्य सचिव अर्यालले केही महिनादेखि बस्न नसकेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठक राखेर बजारमा हुन सक्ने कृत्रिम अभाव र कालोबजारी रोक्न सम्बन्धित निकायहरूले आवश्यक भूमिका खेल्ने गरी निर्णय गराउनुभएको छ।

मुख्य सचिव अर्यालको अध्यक्षतामा बसेको सो बैठकले चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र मिसावट गर्नेजस्ता अस्वस्थ्य गतिविधिलाई नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रमुख जिल्ला अधिकारीहरूलाई आपसमा समन्वय गरी स्थानीय स्तरसम्मै अनुगमनलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।

सो बैठकमा मुख्य सचिव अर्यालले सार्वजनिक सवारी साधनको भाडादर र सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा यातायात व्यवस्था विभाग र सडक विभागले समन्वयात्मक रूपमा कार्य गरी हुन सक्ने ठगी र जनधनको क्षतिलाई रोक्न तथा संयुक्त बजार अनुगमनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्ने गरी निर्देशन दिनुभएको छ ।

बैठकले यसअघिका बैठकका निर्णयहरू कार्यान्वयन भए नभएको बारेमा समेत गम्भीर समीक्षा गर्दै बैठकका निर्णयहरू कार्यान्वयन गर्न सबै पक्ष संवेदनशील बन्नुपर्ने ठहर गरेको छ । सोअनुसार धेरै पहिला बसेको समितिको ६९ औं बैठकले गरेको निर्णय कार्यान्वयनको समीक्षा गर्दै डेंगीलगायत मौसमजन्य रोगहरूको नियन्त्रण तथा प्रतिकार्य, चाडपर्वमा वस्तु तथा सेवाको सहज आपूर्ति तथा व्यवस्थापन, सुरक्षा र यातायात, अखाद्य वस्तुको प्रयोग एवं बिक्री वितरण र कालोबजारी नियन्त्रण तथा संयुक्त बजार अनुगमनको कार्यसूचीमाथि छलफल भएको थियो । बैठकमा सरोकारवाला निकायका सचिवहरू तथा सुरक्षा निकायका प्रमुखहरू र विभागीय प्रमुखहरूले आ–आफ्नो निकायको कार्यप्रगति बारेमा प्रकाश पार्दै आगामी दिनमा गर्ने अनुगमन कार्य र योजनाका बारेमा प्रकाश पारेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register