दशैंका लागि असोज १२ देखि अग्रिम टिकट

झापा, ६ असोज । दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ यही असोज १२ देखि खुला हुने भएको छ। यस वर्ष घटस्थापना असोज १७ गते परेको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिबीच भएको बैठकले यस्तो निर्णय गरेको हो। अग्रिम टिकट खुलाउनुअघि यातायात व्यवस्था विभागसँग छलफल गर्ने [...] The post दशैंका लागि असोज १२ देखि अग्रिम टिकट appeared first on Jhapa Online.

Sep 22, 2024 - 04:10
 0
दशैंका लागि असोज १२ देखि अग्रिम टिकट

झापा, ६ असोज । दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ यही असोज १२ देखि खुला हुने भएको छ। यस वर्ष घटस्थापना असोज १७ गते परेको छ।

शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिबीच भएको बैठकले यस्तो निर्णय गरेको हो। अग्रिम टिकट खुलाउनुअघि यातायात व्यवस्था विभागसँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ।

बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात मन्त्रालय र गृह मन्त्रालयमा छलफल भएको र अब एक–दुई दिनमा यातायात व्यवस्था विभागसँग बैठक गरेपछि अग्रिम टिकट खुला हुने जानकरी दिए। सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने भएको छ। वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गरिने निर्णय भएको छ।

The post दशैंका लागि असोज १२ देखि अग्रिम टिकट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register