लन्डन बस्ने गायिका बर्देवाको नयां कोशेली ‘मन सिउने धागो’ (भिडियो)

लन्डन । बेलायतनिवासी गायिका शर्मिला बर्देवाको आवाजमा सजिएको नयाँ नेपाली गीत ‘मन सिउने धागो’ सार्वजनिक भएको छ । नेपाली पाश्र्व तथा आधुनिक गायनमा अब्बल बर्देवाले आफनै युट्युव च्यानलबाट शुक्रबार सो गीत सार्वजनिक गरेकी हुन् । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा नर्सका रुपमा कार्यरत गायिका बर्देवाले नेपाली चर्चित फिल्महरुमा पाश्र्व गायन गरेकी छन् । बर्देवाका […]

Sep 21, 2024 - 12:55
 0
लन्डन बस्ने गायिका बर्देवाको नयां कोशेली ‘मन सिउने धागो’ (भिडियो)

लन्डन । बेलायतनिवासी गायिका शर्मिला बर्देवाको आवाजमा सजिएको नयाँ नेपाली गीत ‘मन सिउने धागो’ सार्वजनिक भएको छ ।

नेपाली पाश्र्व तथा आधुनिक गायनमा अब्बल बर्देवाले आफनै युट्युव च्यानलबाट शुक्रबार सो गीत सार्वजनिक गरेकी हुन् ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा नर्सका रुपमा कार्यरत गायिका बर्देवाले नेपाली चर्चित फिल्महरुमा पाश्र्व गायन गरेकी छन् । बर्देवाका ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’, ‘आंखैमा झलझली’ , ‘हिउँचुलीमा हिउँ’, ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ लगायत दर्जनौँ गीत चर्चित छन् ।

यतिखेर उनी नेपाली गीत संगीतका लागि पुरा समय दिन काठमाडौंमा छिन् । उनको नयाँ गीत ‘मन सिउने धागो’ले संगीत पारखीहरूको मन जित्ने अपेक्षा गरिएको छ। यो गीत अहिले नै सबै डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।

गीतमा कृतिशा केसी र पेमादावा लामाको अभिनय देख्न सकिन्छ।

गीतमा मीरा राणाको संगीत, प्रमोद स्नेही राणाको शब्द रचना र मनोहर सुनामको एरेञ्ज छ। यस गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ्ग भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा गरेका हुन् भने भियना, अष्ट्रियामा रुपक कुमारले स्वर रेकर्ड गरेका छन्।

भिडियोतर्फ क्यामेरामा नरेश अयर र उनको टिम साथमा मेकअप आर्टिस्टको जिम्मेवारी कञ्चन गिरीले निर्वाह गरेका छन्। भिडियो सम्पादन र कलर मिन रावलले गरेका छन् भने निर्देशन र कन्सेप्ट उत्तम श्रेष्ठ शिशिरको छ । गीतको निर्माण सरोज परियार र पोष्ट प्रोडक्शन जनता डिजिटल प्रा. लि. ले गरेको छ ।

भिडियोः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register