बाबुको हत्या अभियोगमा छोरा पक्राउ

सिरहा । आफ्ना बाबुको हत्या गरेको अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ । छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी […]

Sep 25, 2024 - 07:09
 0
बाबुको हत्या अभियोगमा छोरा पक्राउ

सिरहा । आफ्ना बाबुको हत्या गरेको अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ ।

निजमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ ।

छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

गम्भीर घाइते उनको उपचारार्थ विराटनगरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register