हेटौँडा-सिस्नेरी-काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

काठमाडौं । हेटौँडा-सिस्नेरी-काठमाडौं सडक पुनः सञ्चालनमा आएको छ। सडकखण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले ८ देखि १९ असोजसम्म सो सडकमा सवारी यातायात आवागमन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो। स्तरोन्नति गर्ने निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारदेखि सिस्नेरी भएर […]

Sep 25, 2024 - 07:35
 0
हेटौँडा-सिस्नेरी-काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

काठमाडौं ।

हेटौँडा-सिस्नेरी-काठमाडौं सडक पुनः सञ्चालनमा आएको छ।

सडकखण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले ८ देखि १९ असोजसम्म सो सडकमा सवारी यातायात आवागमन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो।

स्तरोन्नति गर्ने निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको जानकारी दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register