चलचित्र ‘लाज शरणम्’मा धुर्मुसको मुख्य भूमिका

झापा, ९ असोज । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा पनि फर्किएका छन् । कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको फिल्म ‘लाज शरणम्’बाट उनी फिल्ममा फर्किएका हुन् । फिल्मको हाल डोल्पामा छायाङ्कन भइरहेको छ । फिल्ममा उनी मुख्य भूमिकामा रहेका बताइएको छ । २०७२ को भूकम्पपछि सामाजिक कार्यमा सक्रिय उनी त्यसपछि चितवनमा रङ्गशाला निर्माणमा जुटेका थिए । [...] The post चलचित्र ‘लाज शरणम्’मा धुर्मुसको मुख्य भूमिका appeared first on Jhapa Online.

Sep 25, 2024 - 03:02
 0
चलचित्र ‘लाज शरणम्’मा धुर्मुसको मुख्य भूमिका

झापा, ९ असोज । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा पनि फर्किएका छन् । कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको फिल्म ‘लाज शरणम्’बाट उनी फिल्ममा फर्किएका हुन् । फिल्मको हाल डोल्पामा छायाङ्कन भइरहेको छ । फिल्ममा उनी मुख्य भूमिकामा रहेका बताइएको छ ।

२०७२ को भूकम्पपछि सामाजिक कार्यमा सक्रिय उनी त्यसपछि चितवनमा रङ्गशाला निर्माणमा जुटेका थिए । सोही समय ‘सेन्टी भाइरस’ फिल्म अभिनय गरेका उनी त्यसपछि अभिनयबाट टाढा रहेका थिए । ‘लाज शरणम्’मा सितारामको अलवा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणि नेपाल, हरिस निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बू लगायतको समेत अभिनय रहनेछ ।

फिल्मको प्रदर्शन मिति आगामी फागुन १४ गते (शिवरात्रि) लाई तोकिएको छ । फिल्मले सामाजिक कथालाई हाँस्य शैलीमा प्रस्तुत गर्नेछ । फिल्म ‘सक्किगोनि’ समूह मिलेर निर्माण गर्न लागेको हो ।

The post चलचित्र ‘लाज शरणम्’मा धुर्मुसको मुख्य भूमिका appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register