गर्भवती महिलाको पेटभित्र रहेको बच्चाको पेटमा बच्चा !

झापा, ९ असोज । भारतको मध्य प्रदेशमा एउटा अचम्मको घटना भएको छ । सागर जिल्लामा एक गर्भवती महिलाको पेटभित्रको बच्चाको पेटमा बच्चा फेला परेको छ । अल्ट्रा साउन्डको क्रममा यो कुरा पत्ता लागेको हो । महिलाले बच्चालाई जन्म दिइसकेकी छिन् । यस्तो केसलाई मेडिकलको भाषामा पीटस इन पीटू भनिन्छ । डाक्टरहरूका अनुसार लाखौं महिलामध्ये एकमा [...] The post गर्भवती महिलाको पेटभित्र रहेको बच्चाको पेटमा बच्चा ! appeared first on Jhapa Online.

Sep 25, 2024 - 02:58
 0
गर्भवती महिलाको पेटभित्र रहेको बच्चाको पेटमा बच्चा !

झापा, ९ असोज । भारतको मध्य प्रदेशमा एउटा अचम्मको घटना भएको छ । सागर जिल्लामा एक गर्भवती महिलाको पेटभित्रको बच्चाको पेटमा बच्चा फेला परेको छ । अल्ट्रा साउन्डको क्रममा यो कुरा पत्ता लागेको हो । महिलाले बच्चालाई जन्म दिइसकेकी छिन् । यस्तो केसलाई मेडिकलको भाषामा पीटस इन पीटू भनिन्छ ।

डाक्टरहरूका अनुसार लाखौं महिलामध्ये एकमा यस्तो हुनसक्छ । जन्मपछि नवजात शिशुलाई जिल्ला अस्पतालको एसएनसीयू वार्डमा भर्ना गरेर राखिएको छ । बच्चालाई बचाउन डाक्टरले सर्जरी गर्नेबारे विचार विमर्श गरिरहेको बताइएको छ । महिला नवौँ महिनामा मात्रै क्लिनिकमा स्वास्थ्य परीक्षण गर्न आएकी थिइन् ।

जाँचका क्रममा उनको पेटभित्र रहेको नवजात शिशुको पेटमा बच्चा हुन सक्ने आशंका देखियो । मेडिकल कलेजमा दोहोर्याएर जाँच्दा यो कुरा सत्य साबित भयो । महिलाले सामान्य प्रसव प्रक्रियाबाट छोरीलाई जन्म दिएकी थिइन् । अल्ट्रा साउन्डको रिपोर्टमा महिलाको पेटभित्र रहेको बच्चाको पेटमा एउटा गाँठो जस्तो देखिएको थियो ।

सीटी स्क्यानका क्रमा पेटमा बच्चा नै भएको सम्भावना धेरै पाइयो । यस्तो खालको मामिला दूर्लभ हुन्छ । पाँच लाख महिलामा एक जनामा यस्तो हुन्छ । अहिलेसम्म विश्वभर यस्ता खालको २०० मामिला देखिएका छन् ।

The post गर्भवती महिलाको पेटभित्र रहेको बच्चाको पेटमा बच्चा ! appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register