लिलाम नहुँदा सर्लाही भन्सारमै थन्किए सवारीसाधन

मलंगवा । समयमै लिलाम नहुँदा करोडौँ मूल्य बराबरका सवारीसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएका छन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेका दुईपांग्रे र चारपांग्रे सवारीसाधन काम नलाग्ने गरी बिग्रिन थालेका हुन् । भन्सार कार्यालयको पार्किङ क्षेत्रमा खुला आकाशमुनि वषौँदेखि राखिएका सवारीसाधनमाथि झारपात पलाएको छ । सर्लाही जिल्लाका विभिन्न क्षेत्रबाट […]

Sep 25, 2024 - 12:09
 0
लिलाम नहुँदा सर्लाही भन्सारमै थन्किए सवारीसाधन

मलंगवा । समयमै लिलाम नहुँदा करोडौँ मूल्य बराबरका सवारीसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएका छन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेका दुईपांग्रे र चारपांग्रे सवारीसाधन काम नलाग्ने गरी बिग्रिन थालेका हुन् ।

भन्सार कार्यालयको पार्किङ क्षेत्रमा खुला आकाशमुनि वषौँदेखि राखिएका सवारीसाधनमाथि झारपात पलाएको छ ।

सर्लाही जिल्लाका विभिन्न क्षेत्रबाट चोरी–पैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेका लगायतका सवारीसाधन सुरक्षा निकायले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ ।

भन्सार कार्यालयमा बुझाइएका अधिकांश सवारीसाधन भारतबाट अवैध रुपमा चोरी तस्करीका सर–समान ढुवानी गर्ने सवारी छन् । गाडीमध्ये सबैभन्दा बढी भन्सार प्रक्रिया पूरा नगरेका भारतीय नम्बरका मोटरसाइकल छन् ।

यस्तै, भन्सार शुल्क नतिरी विभिन्न सामान चोरीपैठारी गरिरहेका अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिइएका नेपाली गाडी पनि भन्सार कार्यालयको पार्किङमा राखिएका छन् ।

सुरक्षाकर्मीले चालु अवस्थामा भन्सार कार्यालय बुझाएका सवारीसाधन अहिले कामै नलाग्ने स्थितिमा पुगेको बताइएको छ । भन्सार कार्यालयमा थन्किएर रहेका सवारीसाधनलाई छठ पर्वलगत्तै लिलामी प्रक्रिया अगाडि बढाउने सर्लाही भन्सार कार्यालयका निमित प्रमुख भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिए ।

गत आर्थिक वर्षको जेठतिर पाँच सय सवारीसाधन लिलामी गरिएको जनाउँदै उनले मुद्दा टुंगो लागिसकेका सवारीसाधनलाई चाँडै लिलामी प्रक्रिया अगाडि बढाउने बताए । भन्सार कार्यालयको पार्किङ (यार्ड) क्षेत्रमा राखिएको सवारीसाधनको सुरक्षाका लागि ट्रष्ट निर्माणको लागि विभागसँग रकम माग गरेका थियौँ तर पैसा नआएका कारण ट्रष्ट निर्माण हुन नसकेको उनले जानकारी गराए ।

“यातायात कार्यालयको इञ्जिनियरले सबै गाडी हेरिसकेपछि यसको प्रतिवेदन तयार गरिने छ,” उनले भने, “प्रतिवेदन प्राप्त गरेपछि मूल्यांकन समितिले मूल्य निर्धारण गरेर लिलामको सूचना निकाल्ने तयारी छ ।” रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register