नेपाल ब्रिटेन डटकमविरुद्ध प्रेस काउन्सिलमा उजुरी

लन्डन । बाग्लुङमा दर्ता भएर बेलायतको नेपाली समुदायलाई दिग्भ्रमित पारिरहेको भन्दै एउटा अनलाइन ‘नेपाल ब्रिटेन डटकम’ विरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ । नेपाल पत्रकार महासंघ बेलायतले संघ र त्यसका पदाधिकारीको मानमर्दन गरेको, भ्रामक समाचार हालेर नेपाली समुदायलाई विभाजित एवं दिग्भ्रमित पारेको भन्दै काउन्सिलमा उजुरी दिएको हो । नेपाल ब्रिटेन डटकमका प्रधान सम्पादक देवराज आचार्य […]

Sep 24, 2024 - 13:40
 0
नेपाल ब्रिटेन डटकमविरुद्ध प्रेस काउन्सिलमा उजुरी

लन्डन । बाग्लुङमा दर्ता भएर बेलायतको नेपाली समुदायलाई दिग्भ्रमित पारिरहेको भन्दै एउटा अनलाइन ‘नेपाल ब्रिटेन डटकम’ विरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ ।

नेपाल पत्रकार महासंघ बेलायतले संघ र त्यसका पदाधिकारीको मानमर्दन गरेको, भ्रामक समाचार हालेर नेपाली समुदायलाई विभाजित एवं दिग्भ्रमित पारेको भन्दै काउन्सिलमा उजुरी दिएको हो ।

नेपाल ब्रिटेन डटकमका प्रधान सम्पादक देवराज आचार्य ‘चिरन शर्मा’ को अनलाइनलाई हदैसम्मको कारवाही गर्न मागसहित काउन्सिलमा उजुरी दिइएको पत्रकार महासंघ बेलायत अध्यक्ष विमला सेनेले जनाइन् ।

कानूनी झन्झटबाट उम्किन शर्माले अनलाइन बाग्लुङमा दर्ता गरेर बेलायतका नेपालीलाई मानमर्दन, चरित्र हत्या र आर्थिक लाभ लिंदै आएको आरोप छ ।

उनले शाखाको लोगो दुरुपयोग गरि सूचना र विज्ञप्ति भन्दै कीर्ते कार्य गरिरहेको पनि जनाइएको छ । शर्माले यसअघि पनि नेपाली जनसम्पर्क समिति बेलायतको नाममा कीर्ते पत्र बनाएको प्रमाणित भएको थियो ।

गत महिना ‘टप टेन नेपाली’ भन्दै हचुवाका भरमा १० जना स्थानीय सामाजिक अभियन्तालाई प्रायोजित अवार्ड दिएर विवादमा तानिएका शर्माको ‘टपटेन’ कार्यक्रममा निशुल्क प्रवेश भनिएपनि कुकुर र बिरालाको नाममा च्यारिटी भन्दै प्रत्येक व्यक्तिसंग रकम असुल गरेको र जवर्जस्ती रकम प्रतिवद्धता गराई पैसा असुल्न ताकेता गरेको गुनासो सहभागी धेरैको छ । गत वर्षको कार्यक्रममा पनि शर्माले कुकुरका नाममा पैसा 
उठाएका थिए ।

शर्माको अनलाइन करिब ९५ प्रतिशत कपी पेष्ट र आफ्नो गुटको एनआरएनए मिसनमा सञ्चालित छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register