नेत्रज्योति संघकाे अध्यक्ष पन्त आईएपिबिको बोर्ड अफ ट्रस्टीमा निर्वाचित

काठमाडौं । नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ व्याण्डनेसको बोर्ड अफ ट्रस्टीमा निर्वाचित भएका छन् । अनलाईन मार्फत सम्पन्न मतदानको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । आईएपिबिका विश्वभरका २५० भन्दा बढी सदस्य संस्थाहरु उक्त मतदान प्रक्रियामा सहभागि भएका थिए । नेत्रज्योति संघले दिएको जानकारी अनुसार विश्वभरीका आँखा स्वास्थ्य […]

Sep 25, 2024 - 10:59
 0
नेत्रज्योति संघकाे अध्यक्ष पन्त आईएपिबिको बोर्ड अफ ट्रस्टीमा निर्वाचित

काठमाडौं ।


नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ व्याण्डनेसको बोर्ड अफ ट्रस्टीमा निर्वाचित भएका छन् ।

अनलाईन मार्फत सम्पन्न मतदानको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । आईएपिबिका विश्वभरका २५० भन्दा बढी सदस्य संस्थाहरु उक्त मतदान प्रक्रियामा सहभागि भएका थिए । नेत्रज्योति संघले दिएको जानकारी अनुसार विश्वभरीका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको आईएपिबिले अन्तराष्ट्रिय रुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आईरहेको छ ।

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू, आँखा अस्पतालहरू, शैक्षिक संस्थानहरू, व्यावसायिक संघहरू र कर्पोरेट संस्थाहरू समेत आईएपिबिका सदस्य रहेका छन् । नेपाल नेत्रज्योति संघ बिगत एक दशकभन्दा लामो समयदेखि आईएपिबिको सदस्य रहदै आएको छ । संघ नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले गैर नाफामुलक संस्थाको रुपमा २०३५ साल चैत्र १३ गते स्थापना भई नेपाली जनताको आँखा स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको सामाजिक संस्था हो ।

संघ नेपालको एक मात्र यस्तो संस्था हो जसले नेपालका कुल ७७ जिल्लाहरू मध्ये ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । स्थापना देखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । हाल संघ अन्तरगत देशभरमा २८ आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू संचालनमा रहेको संघले जनाएकोछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register