अलराउन्डर वरीयतामा सन्दीपको छलाङ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटको अलराउन्डर वरीयतामा व्यापक सुधार गरेका छन् । आईसीसी लिग-२ का खेलमा उत्कृष्ट प्रदर्शन गरेका लामिछानेले आईसीसीको नयाँ वरीयतामा २२ स्थान सुधार गरेका छन् । उनी ४१औं स्थानमा उक्लिएका छन् । उनले क्यानडाविरुद्ध ४९ रन र दुई विकेट लिएका थिए । अष्ट्रेलियाका विस्फोटक ब्याटर ट्राभिस […]

Sep 25, 2024 - 13:01
 0
अलराउन्डर वरीयतामा सन्दीपको छलाङ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटको अलराउन्डर वरीयतामा व्यापक सुधार गरेका छन् ।

आईसीसी लिग-२ का खेलमा उत्कृष्ट प्रदर्शन गरेका लामिछानेले आईसीसीको नयाँ वरीयतामा २२ स्थान सुधार गरेका छन् । उनी ४१औं स्थानमा उक्लिएका छन् । उनले क्यानडाविरुद्ध ४९ रन र दुई विकेट लिएका थिए ।

अष्ट्रेलियाका विस्फोटक ब्याटर ट्राभिस हेड पनि ४१औं वरीयतामा छन् ।

अलराउन्डरतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी ६ स्थान तल झर्दै ४८औं, कुशल मल्ल ५१औं तथा सोमपाल कामी ५३औं स्थानमा छन् ।

आईसीसीले जारी गरेको बलिङ तर्फको वरीयतामा भने सन्दीप ४८औं स्थानमा यथावत् छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register