हर्षोल्लासका साथ जितिया पर्व सकियो

झापा, ९ असोज । मधेसी र थारु महिलाहरूले मनाउने जितिया पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ । मधेसी र थारु महिलाहरूले मनाउने जितिया पर्व सोमबारबाट विधिवत् रुपमा शुरु भई बुधबार आज साँझ ५ः३० बजे पारण गरी व्रत सम्पन्न भएको हो । जितिया पर्व सोमबार बिहान नुहाएर खाएपछि सुरु भएको ३ दिने व्रत तथा पर्व आज [...] The post हर्षोल्लासका साथ जितिया पर्व सकियो appeared first on Jhapa Online.

Sep 25, 2024 - 17:30
 0
हर्षोल्लासका साथ जितिया पर्व सकियो

झापा, ९ असोज । मधेसी र थारु महिलाहरूले मनाउने जितिया पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ ।

मधेसी र थारु महिलाहरूले मनाउने जितिया पर्व सोमबारबाट विधिवत् रुपमा शुरु भई बुधबार आज साँझ ५ः३० बजे पारण गरी व्रत सम्पन्न भएको हो । जितिया पर्व सोमबार बिहान नुहाएर खाएपछि सुरु भएको ३ दिने व्रत तथा पर्व आज बुधबार सम्पन्न भएको हो ।

जितिया पर्वको लागि उपवास बस्ने महिलाहरूले घर आँगन लिपपोत गरी बिहान नदी, कुवा, पोखरी, लगायत स्थानमा खल्ली, तोरीको तेल, सिन्दूर, केराको पात, तुलसीको पात, अगरबत्ती सामग्रीहरु लिएर स्नान गर्ने ठाउँमै पूजापाठ गरी जितिया पर्वको आरम्भ गरिन्छ ।

त्यस पश्चिम दिनभरी मिठा–परिकारका खानाहरू खाने बेलुका पख व्रतालुहरू घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाइ पूजा सुरु गर्छन् । त्यसपछि सूर्योदय हुनु पूर्व विशेषगरी माछा, दही, चिउरा, ओल, मिष्ठान लगायतको परिकार खाने गरिन्छ । दिन भरको खानपिनपछि फेरी सूर्योदय हुनुभन्दा ३र४ घण्टा पहिले सपरिवार भोजन गर्ने प्रचलन रहेको छ, जसलाई ‘ओड्गन’ भनिन्छ । उपवास बसेको भोलिपल्ट ‘पारन’ अर्थात् पूजापाठ गरी सुरुमा तुलसीको पात खाएसँगै भोजन गरी जितिया पर्व सम्पन्न भएको हो ।

The post हर्षोल्लासका साथ जितिया पर्व सकियो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register