भाडा लिएर टिकट नदिने सवारी साधनलाई कारवाही

खोटाङ । हिन्दु धर्मावलम्बीहरुको चाड–पर्ब दशैँतिहार तथा छटलाई मध्येनजर गर्दै खोटाङमा सार्वजनिक सवारी साधनको यात्रुलाई अनिवार्य टिकटको ब्यवस्था गराईने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकले हरेक यात्रुलाई अनिवार्य टिकट दिएर मात्रै यात्रा गर्ने-गराउने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको हो । जिल्लामा सञ्चालित कतिपय सवारी साधनले यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने […]

Sep 25, 2024 - 17:39
 0
भाडा लिएर टिकट नदिने सवारी साधनलाई कारवाही

खोटाङ ।

हिन्दु धर्मावलम्बीहरुको चाड–पर्ब दशैँतिहार तथा छटलाई मध्येनजर गर्दै खोटाङमा सार्वजनिक सवारी साधनको यात्रुलाई अनिवार्य टिकटको ब्यवस्था गराईने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकले हरेक यात्रुलाई अनिवार्य टिकट दिएर मात्रै यात्रा गर्ने-गराउने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको हो । जिल्लामा सञ्चालित कतिपय सवारी साधनले यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने तर, टिकट नदिने जनगुनासो आएकाले टिकट अनिवार्य गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।

यात्राका क्रममा बढी भाडा लिए वा टिकट नदिए तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरुलाई आग्रह गरिएको छ । सो नगरेको अर्थात नगराईएको खण्डमा प्रचलित कानून अनुसार कारबाहीका लागि मातहतका सबै प्रहरी परिचालन प्रजिअ कार्कीको भनाई छ ।

सर्वपक्षीय बैठकले जिल्लाबाट छुट्ने जीप तथा बसको पुरानै भाडा दर कायम गर्ने निर्णय समेत गरेको छ । बैठकमा सहभागी यातायात व्यवसायी संघका प्रतिनिधिले भने चाड पर्वको समयमा एकतर्फी मात्रै यात्रु हुने जानकारी दिँदै भाडादर वृद्दिको प्रस्ताव राखेका थिए ।

यस्तै, दशैँतिहार तथा छट पर्वलाई लक्षित गर्दै ग्रामीण सडक मर्मतका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ । मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ खण्ड तथा दिक्तेल–गाईघाट सडक मर्मतका लागि सम्बन्धित आयोजनाको कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

चाड–पर्वका लागि खाद्यान्न, लत्ताकपडा, दलहन, तेलहन लगायतका सामान सुपथ मूल्यमा उपलब्ध गराउन उद्योग वाणिज्य संघले पहल गर्ने तथा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयबाट नियमित बजार अनुगमन गर्ने निर्णय भएको छ । चाड पर्वको समयमा हुन सक्ने चोरी लगायतका आपराधिक घटनालाई निरुत्साहित गर्न सुरक्षा व्यवस्था कडा बनाउने समेत बैठकको निर्णय छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register