यातायात कार्यालय इटहरीबाट नक्कली चिकित्सकसहित १७ जना प्रहरीले नियन्त्रणमा

इटहरी, ९ असोज । यातायात कार्यालय सुनसरीको इटहरीबाट नक्कली चिकित्सकसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात सेवा र सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली चिकित्सकसहित १७ जनालाई बुधबार सुनसरी प्रहरीले नियन्त्रणमा लिइएको हो ।सेवाग्राहीलाई दुःख दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिनुभयो [...] The post यातायात कार्यालय इटहरीबाट नक्कली चिकित्सकसहित १७ जना प्रहरीले नियन्त्रणमा appeared first on Jhapa Online.

Sep 25, 2024 - 17:38
 0
यातायात कार्यालय इटहरीबाट नक्कली चिकित्सकसहित १७ जना प्रहरीले नियन्त्रणमा

इटहरी, ९ असोज । यातायात कार्यालय सुनसरीको इटहरीबाट नक्कली चिकित्सकसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यातायात सेवा र सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली चिकित्सकसहित १७ जनालाई बुधबार सुनसरी प्रहरीले नियन्त्रणमा लिइएको हो ।सेवाग्राहीलाई दुःख दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिनुभयो ।

फुयाँलद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने गरेको र अनियमित कार्य गर्न गरेको गुनासोका आधारमा पक्राउ गरिएको उल्लेख छ । पक्राउ पर्नेमा नक्कली चिकित्सक, बिचौलिया र लेखापढी गर्ने रहेका छन् । यातायात कार्यालय इटहरीमा बिचौलियाको बिगबिगी हुँदा सर्वसाधारणले सहज सेवा पाउन नसकिरहेको गुनासो बढेको प्रशासनले जनाएको छ ।

नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालयमा राखेर प्रहरीले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

The post यातायात कार्यालय इटहरीबाट नक्कली चिकित्सकसहित १७ जना प्रहरीले नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register