भद्रपुर नगरपालिका उत्कृष्ट पालिका घोषित

भद्रपुर, ३० भदौ । कोशी प्रदेश अन्तरगत भद्रपुर नगरपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ उत्कृष्ट पालिका घोषित भएको छ । उत्कृष्ट पालिकामा छनौट भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भद्रपुर नगरपालिकालाई सम्मानपत्र प्रदान गरेको छ । मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री शरदसिंह भण्डारीले नगरपालिकालाई सम्मान पत्र तथा भद्रपुरका रोजगार संयोजक टिकाराम पाण्डेलाई कदर पत्र प्रदान गरेको [...] The post भद्रपुर नगरपालिका उत्कृष्ट पालिका घोषित appeared first on Jhapa Online.

Sep 15, 2024 - 03:05
 0
भद्रपुर नगरपालिका उत्कृष्ट पालिका घोषित

भद्रपुर, ३० भदौ । कोशी प्रदेश अन्तरगत भद्रपुर नगरपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ उत्कृष्ट पालिका घोषित भएको छ ।

उत्कृष्ट पालिकामा छनौट भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भद्रपुर नगरपालिकालाई सम्मानपत्र प्रदान गरेको छ । मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री शरदसिंह भण्डारीले नगरपालिकालाई सम्मान पत्र तथा भद्रपुरका रोजगार संयोजक टिकाराम पाण्डेलाई कदर पत्र प्रदान गरेको छ ।

सचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रमका राष्ट्रिय निर्देशक सहसचिव डण्डुराज घिमिरे, उपसचिव वसन्त बोहोरा, शाखा अधिकृत पंकजलाभ कर्णसहित १३७ स्थानीय तहका रोजगार संयोजकहरूको उपस्थिति रहेको थियो । सो सम्मान पत्र नगरपालिमा शनिबार बसेको कार्यपालिका बैठकमा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, निमित्त प्रमुख प्रशासकीय प्रमुख शान्तिराम भट्टराई, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थितिमा रोजगार संयोजक पाण्डेबाट नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

नगरको समृद्धि र विकास, नगरका श्रमिकको श्रम र पसिनाको योगदानको उच्च मूल्याङ्कन गर्दै मन्त्रालयले नगरपालिकालाई गरेको यो सम्मानले थप ऊर्जा मिलेको नगर प्रमुख पोखरेलले बताए । नगरका श्रमिकहरूलाई न्यूनतम रोजगारी प्रदान गर्दै दिगो प्रतिफल दिने पूर्वाधार विकासका योजनाहरूमा दक्ष जनशक्ति तथा निर्माण सामाग्रीमा लागत साझेदारी गरी कार्यक्रमलाई थप व्यवस्थित तथा अनुसरण गर्न लायक बनाउने उनको भनाई छ ।

मन्त्रालयले भद्रपुर नगरपालिका र रोजगार संयोजक पाण्डेलाई रोजगार संयोजकको पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कन २५ प्रतिशत, कार्यक्रमको सम्बन्धित पालिकाको वित्तीय प्रगति विवरण २५ प्रतिशत, औसत रोजगारीको दिन सङ्ख्या २५ प्रतिशत र स्थानीय तहबाट गरिएको लागत साझेदारी २५ प्रतिशत गरी जम्मा चार वटा सूचकहरूका आधारमा छनोट गरेको थियो । २०७५ साल फाल्गुणबाट सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगार सेवा केन्द्रहरूले आन्तरिक रोजगारी सृजना तथा व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएका छन् ।

The post भद्रपुर नगरपालिका उत्कृष्ट पालिका घोषित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register