विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

धरान, ६ असोज । विद्यार्थी कल्याण समाज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने सुविन कुमार साह निर्विरोध निर्वाचित भए । प्रतिष्ठानमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत देव निकटतम प्रतिद्वन्द्व लाई २ सय ५२ मतले पछि पार्दै २ वर्षे कार्यकालको लागी समाजको अध्यक्षमा निर्वाचित भएका हुन् । [...] The post विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित appeared first on Jhapa Online.

Sep 22, 2024 - 16:02
 0
विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

धरान, ६ असोज । विद्यार्थी कल्याण समाज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने सुविन कुमार साह निर्विरोध निर्वाचित भए ।

प्रतिष्ठानमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत देव निकटतम प्रतिद्वन्द्व लाई २ सय ५२ मतले पछि पार्दै २ वर्षे कार्यकालको लागी समाजको अध्यक्षमा निर्वाचित भएका हुन् । शनिवार प्रतिष्ठानमा भएको समाजको निर्वाचनमा अध्यक्षका लागी ७ जनाले प्रतिस्पर्धा गरेका थिए । देवको निकटतम प्रतिद्वन्द्वी जमुना वनले २सय ९३ मत पाएकी थिइन भने अध्यक्षका अर्का उम्मेदवार दिवस पन्थले २सय५५ मत पाएका थिए । अध्यक्षका अन्य प्रतिष्पर्धीहरुले क्रमशः कृष्ण कुमार यादवले १सय४६ ,दिपेश कुमार सिंहले १सय५ र धिरज उदासले १८ मत पाएका थिए ।

वरिष्ठ उपाध्यक्षमा भने ६सय३७ मत ल्याउँदै मो.महमुद नुरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्व राजीव रञ्जन दीक्षितले ५सय७६ मत ल्याए । जुनियर रेजिडेन्ट तर्फ उपाध्यक्ष डाक्टर विशाल गुरुङ निर्विरोध निर्वाचित भए भने एमबिबिएस तर्फ उपाध्यक्ष सदिच्छा न्यौपाने ६सय ३१ मत ल्याउँदै निर्वाचित हुँदा विडिएस तर्फ उपाध्यक्ष ४सय ९५ मत ल्याउँदै निर्वाचित भए । नर्सिङ तर्फ उपाध्यक्षमा कान्तिपुर बास्तोला ७सय१९ मत ल्याउँदै विजयी भइन । सचिवमा ६सय ५४ मत ल्याउँदै राम उद्गार साह विजयी हुँदा कोशाध्यक्षमा ६सय ९४ मत ल्याउँदै हार्दिक गोयल निर्वाचित भए ।

विडिएस तर्फ सदस्यहरूमा अर्जुन यादव (१४२),विजय कुमार यादव(१२०),सुदिप सोनी (११५) विजयी भए भने नर्सिङ तर्फ गोत्री नाथ(१००)र सकृला घले गुरुङ (९७) विजयी भए । ए. लाइट साइन्स तर्फ सदस्यमा सतरोहन यादव(४६) विजयी हुँदा एम पिएच तर्फ जीवन नारायण कुमार चौहान र बेसिक साइन्स ( नर्सिङ बाहेक) रचना पुरी निर्विरोध निर्वाचित भए । सदस्य जुनियर रेजिडेन्ट तर्फ डाक्टर तरन्नुम वानो , डाक्टर विष्णु खरेल र डाक्टर अमोल कुमार यादव निर्विरोध निर्वाचित भए । एमबिबिएस तर्फ सदस्यमा भविष्य विष्ट (३३३) सन्दीप विक (३२०)यतेन्द्र यादव (२८४) प्रवीण भट्टराई (२४६) र मो. असररुल अन्सारी (२४४) विजयी भए ।

नवनिर्वाचित अध्यक्ष देवले प्रतिष्ठानको विकास सँगै विद्यार्थीहरूको हक अधिकारी सुनिश्चितताको लागी सधैँ लागी पर्ने बताए । १६सय ७० मतदाता रहेका समाजको शनिवार भएको निर्वाचनमा १२सय ७८ मत खसेको निर्वाचन आयुक्त प्राध्यापक डाक्टर समसेर श्रेष्ठले जानकारी दिए ।

The post विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register