सुख्खा पहिरोले कार पुरिँदा ४ घाइते , राजमार्ग अवरुद्ध

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँ पालिका वडा नम्बर ४ बैरेनी बेल्खु बीचमा पर्ने चिरौदी खोलामा सुख्खा पहिरो जाँदा कार पुरिएर चारजना घाईते भएका छन् । सडक माथिबाट सुख्खा पहिरो खस्न जाँदा गजुरी तर्फ बाट काठमाण्डौ तर्फ जादै गरेको ग २ च ७८८५ नम्बर कार पुरिएको छ । कारमा सवार ४ जना घाईते […]

Sep 26, 2024 - 16:52
 0
सुख्खा पहिरोले कार पुरिँदा ४ घाइते , राजमार्ग अवरुद्ध

धादिङ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँ पालिका वडा नम्बर ४ बैरेनी बेल्खु बीचमा पर्ने चिरौदी खोलामा सुख्खा पहिरो जाँदा कार पुरिएर चारजना घाईते भएका छन् ।

सडक माथिबाट सुख्खा पहिरो खस्न जाँदा गजुरी तर्फ बाट काठमाण्डौ तर्फ जादै गरेको ग २ च ७८८५ नम्बर कार पुरिएको छ । कारमा सवार ४ जना घाईते अवस्थामा उद्धार गरि बैरेनी अस्पतालमा उपचारका लागि भर्ना गरिएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।

सुख्खा पहिरो खसेपछि राजमार्गमा ६० मिटरभन्दा बढी भाग पुरिएपछि राजमार्ग अवरुद्ध भएको छ । घटना स्थलमा दुई वटा डाेजरले पहिरो पन्छाई रहेको छ । यतिखेरराजमार्ग अवरुद्ध छ । २ घण्टापछि राजमार्ग पहिरो पन्छायर संचालनमा आउने प्रहरीले जनाएको छ ।

पहिरोपछि राजमार्गमा सवारी साधनको लामो जाम लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register