शनिश्चरे नगर अस्पताललाई ७६ लाखको स्वास्थ्य सामग्री

सन्तोष शर्मा झापा, १० असोज । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित शनिश्चरे नगर अस्पताललाई रू ७६ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरिएको छ । संघीय सरकारबाट प्राप्त उक्त सामग्री आज एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.योगेश चेम्जोङलाई हस्तान्तरण गर्नुभएको हो । अस्पताललाई रू ७६ लाख बराबरको अत्याधुनिक प्रसूती शैय्या, ईसीजी [...] The post शनिश्चरे नगर अस्पताललाई ७६ लाखको स्वास्थ्य सामग्री appeared first on Jhapa Online.

Sep 26, 2024 - 17:02
 0
शनिश्चरे नगर अस्पताललाई ७६ लाखको स्वास्थ्य सामग्री

सन्तोष शर्मा

झापा, १० असोज । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित शनिश्चरे नगर अस्पताललाई रू ७६ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरिएको छ ।

संघीय सरकारबाट प्राप्त उक्त सामग्री आज एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.योगेश चेम्जोङलाई हस्तान्तरण गर्नुभएको हो ।

अस्पताललाई रू ७६ लाख बराबरको अत्याधुनिक प्रसूती शैय्या, ईसीजी मेसिन, फोटोथेरापी मेसिन एक÷एक थान, बिरामी शैय्या नौ थान, एक्स–रे मेसिन एक थान, बीपी सेट पाँच थान, ल्याब्रोटेरी माइक्रोस्कोप एक थान, सीटीजी मेसिन एक थान र पोर्टेबल भिडियो एक्स–रे मेसिन एक थान प्रदान गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा नगर प्रमुख गोम्देनले नगरपालिकाले आमा र शिशुको निःशुल्क उपचार गर्ने लक्ष्य लिएको बताउनुभयो । “नगर अस्पताललाई सुविधा सम्पन्न बनाउने प्रयास जारी छ”, उहाँले भन्नुभयो, “अस्पतालको पूर्वाधार विकास भएर मात्र हुँदैन, सेवा पनि प्रभावकारी हुनुपर्छ, त्यसका लागि गुणस्तरीय सेवा प्रवाह गर्न अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई आग्रह गर्छु ।”

भिडियो समाचारका लागि उहाँ क्लिक गर्नुहोला

https://www.facebook.com/jhapaonlineportal/videos/492570530319309

नगर अस्पतालको नवनिर्मित भवन निर्माणका लागि सरकारले चाल्र आवमा रू सात करोड बजेट समेत विनियोजन गरेको उहाँले बताउनुभयो । नयाँ भवन सञ्चालनमा आएपछि सेवा समेत थप विस्तार हुने उहाँले बताउनुभयो । अस्पतालमा दुई जना चिकित्सक अत्यावश्यक रहेकाले मन्त्रालयमा माग गरिएको नगरप्रमुख गोम्देनले बताउनुभयो ।

कार्यक्रममा अस्पतालका मेसु चेम्जोङले अस्पतालको वर्तमान अवस्था र सेवाहरुको विषयमा जानकारी गराउनुभएको थियो भने अभिलेख शाखा प्रमुख किरणकुमार खरेलले गत आर्थिक वर्ष ०८०/०८१ र चालु आर्थिक वर्ष ०८१÷०८२ को सेवा विवरण प्रस्तुत गर्नुभएको थियो ।

नगर प्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रममा अस्पताल व्यवस्थापन समिति सदस्य कृष्ण बरालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नगर अस्पतालबाट पहिलो पटक शल्यक्रियाको माध्यमबाट प्रसुती सेवा लिने अर्जुनधारा–८ की सिवानीदेवी पूर्वेलाई सम्मान गरिएको छ । साउन २० गतेदेखि उक्त सेवा शुरु गरेको अस्पतालमा सिवानीदेवीले गत साउन २६ गते छोरा प्रथम पूर्वेलाई जन्म दिनुभएको थियो । उहाँलाई पोषिलो खाना, शिशुका लागि कपडा लगायतको सामान समेत प्रदान गरिएको थियो ।

The post शनिश्चरे नगर अस्पताललाई ७६ लाखको स्वास्थ्य सामग्री appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register