आतिशीको नेतृत्वपछि दिल्ली सरकारले बढायो कामदारहरुको पारिश्रमिक

नयाँ दिल्ली, असोज ९ गते । दिल्ली सरकारले अकुशल, अर्ध–दक्ष र दक्ष कामदारहरुको न्यूनतम पारिश्रमिक क्रमशः १८ हजार ६६, १९ हजार नौ सय २९ र २१ हजार नौ सय १७ रुपियाँ प्रति महिना बढाउने निर्णय गरेको छ । दिल्लीका मुख्यमन्त्री आतिशी र श्रम मन्त्री मुकेश अहलावतले बुधबार पत्रकार सम्मेलन गरी पारिश्रमिक वृद्धिको सूचना दिएका छन् […]

Sep 25, 2024 - 23:08
 0
आतिशीको नेतृत्वपछि दिल्ली सरकारले बढायो कामदारहरुको पारिश्रमिक

नयाँ दिल्ली, असोज ९ गते । दिल्ली सरकारले अकुशल, अर्ध–दक्ष र दक्ष कामदारहरुको न्यूनतम पारिश्रमिक क्रमशः १८ हजार ६६, १९ हजार नौ सय २९ र २१ हजार नौ सय १७ रुपियाँ प्रति महिना बढाउने निर्णय गरेको छ ।

दिल्लीका मुख्यमन्त्री आतिशी र श्रम मन्त्री मुकेश अहलावतले बुधबार पत्रकार सम्मेलन गरी पारिश्रमिक वृद्धिको सूचना दिएका छन् ।

आतिशीले भनिन्, “पारिश्रमिक वृद्धिबारे सबैलाई जानकारी गराउन चाहन्छु । अरविन्द केजरीवालको सरकारले देशमा सबैभन्दा बढी न्यूनतम पारिश्रमिक दिएको छ । बीजेपीले सधैं गरिबहरूको विरुद्धमा काम गरेको छ । उदाहरणका लागि, जब सन् २०१६–२०१७ मा दिल्ली सरकारले न्यूनतम पारिश्रमिक बढाउने कुरा गर्‍यो, तब भाजपाले हामीलाई रोक्यो । अदालतबाट न्यूनतम पारिश्रमिक बढाउने आदेशको भाजपाले कडा विरोध गर्‍यो तर अरविन्द केजरीवालको सरकारले दिल्लीका आम जनताको पक्षमा निर्णय ल्यायो ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register