आज रातिदेखि धेरै वर्षाको सम्भावना

झापा, १० असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाबाट उच्च जोखिममा रहका जिल्लामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै आज रातिदेखि आइतबारसम्म देशैभर धेरै वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । यसअघि जल तथा मौसम विज्ञान विभागले ५६ जिल्लामा धेरै वर्षा हुने जनाएको [...] The post आज रातिदेखि धेरै वर्षाको सम्भावना appeared first on Jhapa Online.

Sep 26, 2024 - 16:50
 0
आज रातिदेखि धेरै वर्षाको सम्भावना

झापा, १० असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाबाट उच्च जोखिममा रहका जिल्लामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै आज रातिदेखि आइतबारसम्म देशैभर धेरै वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

यसअघि जल तथा मौसम विज्ञान विभागले ५६ जिल्लामा धेरै वर्षा हुने जनाएको छ । विभागले ती जिल्लाहरूमा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको थियो । विभागले चार दिन धेरै एवं अति धरै मनसुनी वर्षाबाट सातवटै प्रदेशका ५६ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको भन्दै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन भनेको हो ।

प्राधिकरणले वर्षाको उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । यस्तै प्राधिकरणले धान नकाट्न र काटिसकेको भए थन्काउन पनि अनुरोध गरेको छ । पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने आग्रह गर्दै प्राधिकरणले दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने पनि भनेको छ ।

The post आज रातिदेखि धेरै वर्षाको सम्भावना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register