दक्षिण कोरियाको विमान दुर्घटना : मृत्यु हुनेको संख्या १२७ पुग्यो, घटनास्थल पुग्न निःशुल्क रेल सेवा

काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२७ पुगेको छ । आइतबार बिहान साढे १ सम्ममा मृत्यु हुनेको संख्या १२७ पुगेको बीबीसीको समाचारमा उल्लेख छ । कोरिया रेलरोड कर्पोरेशन ‘कोरेल’ले सिओल स्टेशन र मोकपो स्टेशनबीच अस्थायी रेल सञ्चालन गर्ने सूचना जारी गरेको छ। यो निःशुल्क सेवा पीडितका परिवार, सरकारी अधिकारीहरू, र […]

Dec 29, 2024 - 08:21
 0
दक्षिण कोरियाको विमान दुर्घटना : मृत्यु हुनेको संख्या १२७ पुग्यो, घटनास्थल पुग्न निःशुल्क रेल सेवा

काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।

आइतबार बिहान साढे १ सम्ममा मृत्यु हुनेको संख्या १२७ पुगेको बीबीसीको समाचारमा उल्लेख छ ।

कोरिया रेलरोड कर्पोरेशन ‘कोरेल’ले सिओल स्टेशन र मोकपो स्टेशनबीच अस्थायी रेल सञ्चालन गर्ने सूचना जारी गरेको छ। यो निःशुल्क सेवा पीडितका परिवार, सरकारी अधिकारीहरू, र घटनास्थल पुग्न आवश्यक पर्ने अन्य व्यक्तिहरूका लागि उपलब्ध हुनेछ।

यो रेल मार्गका विभिन्न स्थानहरूमा, जस्तै ओसोंग र इक्सानमा पनि रोक्ने कोरेलले बताएको छ ।

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका क्रममा एक विमान दुर्घटनामा परेको हो ।

सो विमानमा १८१ जना सवार थिए । जसमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए ।

जेजु एयरको यो विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।

दक्षिण कोरियाको दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार दुई जना जीवितै फेला परेका छन् र उनीहरूलाई उद्धार गरिएको छ ।

समाचार एजेन्सी योनहापकाअनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुईजना थाइल्याण्डका थिए ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register