एन्जेलिना जोली र ब्राड पिटको सम्बन्धविच्छेद

काठमाडौं । हलिउड स्टार एन्जेलिना जोली र ब्राड पिटले आठ वर्षपछि डिभोर्सलाई अन्तिम रूप दिएका छन् । एन्जेलिनाका वकिलले मिडियालाई यो जानकारी दिएका हुन् । समाचार एजेन्सी एपीअनुसार जब ब्राड पिटका वकिललाई सम्बन्धविच्छेदको बारेमा सम्पर्क गरियो, उनले टिप्पणी गर्न अस्वीकार गरेका छन् । दुबैले सन् २०१४ मा विवाह गरेका थिए । उनीहरुका छ जना छोराछोरी […]

Dec 31, 2024 - 08:59
 0
एन्जेलिना जोली र ब्राड पिटको सम्बन्धविच्छेद

काठमाडौं । हलिउड स्टार एन्जेलिना जोली र ब्राड पिटले आठ वर्षपछि डिभोर्सलाई अन्तिम रूप दिएका छन् ।

एन्जेलिनाका वकिलले मिडियालाई यो जानकारी दिएका हुन् ।

समाचार एजेन्सी एपीअनुसार जब ब्राड पिटका वकिललाई सम्बन्धविच्छेदको बारेमा सम्पर्क गरियो, उनले टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

दुबैले सन् २०१४ मा विवाह गरेका थिए । उनीहरुका छ जना छोराछोरी छन् ।

जोलीले सन् २०१६ मा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन् । त्यतिबेला उनले यसो हुनुको पछाडि ‘विवादात्मक मतभिन्नता’ रहेको बताएकी थिइन् ।

युरोपबाट फर्किने क्रममा ब्राड पिटले निजी जेट विमानमा आफू र आफ्ना छोराछोरीलाई दुर्व्यवहार गरेको उनले आरोप लगाएकी थिइन् ।

त्यसपछि बच्चालाई लिएर दुबैबीच झगडा भएको थियो । सन् २०२१ मा एक न्यायाधीशले दुबैलाई बालबालिकाको संरक्षक हस्तान्तरण गरेका थिए ।

यी दुबै जोडीलाई ‘ब्रान्जेलिना’ भनेर चिनिन्थ्यो । उनीहरु दुबैको भेट सन् २००५ मा आएको फिल्म ‘मिस्टर एण्ड मिसेस स्मिथ’ को सेटमा भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register