बुद्ध फाउन्डेसन यूकेमा नयाँ कमिटी, अध्यक्षको जिम्मेवारी पुनः श्रेष्ठलाई

लन्डन- बुद्ध फाउन्डेसन यूकेको तेस्रो अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आइतबार लन्डन प्लमस्टिडमा सम्पन्न अधिवेशनले आगामी कार्यकाललाई पनि संस्थापक अध्यक्ष दीपक श्रेष्ठकै नेतृत्वलाई निरन्तरता दिएको छ । श्रेष्ठको अध्यक्षतामा केही पुराना र नयाँ ‘हाई प्रोफाइल’ अनुहारसमेत समेट्दै अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ । फाउन्डेसनको तीन वर्षे कार्यकाललाई निर्वाचित नयाँ […]

Jan 19, 2025 - 18:32
 0
बुद्ध फाउन्डेसन यूकेमा नयाँ कमिटी, अध्यक्षको जिम्मेवारी पुनः श्रेष्ठलाई

लन्डन- बुद्ध फाउन्डेसन यूकेको तेस्रो अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

आइतबार लन्डन प्लमस्टिडमा सम्पन्न अधिवेशनले आगामी कार्यकाललाई पनि संस्थापक अध्यक्ष दीपक श्रेष्ठकै नेतृत्वलाई निरन्तरता दिएको छ ।

श्रेष्ठको अध्यक्षतामा केही पुराना र नयाँ ‘हाई प्रोफाइल’ अनुहारसमेत समेट्दै अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

फाउन्डेसनको तीन वर्षे कार्यकाललाई निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्ष सुशील प्रजापति र अर्जुन कटुवाल, महासचिव डा सुरजमणि पौडेल, सचिव अञ्जना थापा, कोषाध्यक्ष निरञ्जन खड्का र सहकोषाध्यक्ष गोविन्द सापकोटा छन् ।

त्यस्तै, कार्यसमिति सदस्यहरुमा सचिन श्रेष्ठ, ह्यारी गुरुङ, ध्रुवहरि बाँस्कोटा, सोम सापकोटा, पदम रावल र शरद श्रेष्ठलाई चयन गरिएको छ । कोअप सदस्यका रुपमा सुरेन रुपाखेती, राम थापा, जयगोपाल श्रेष्ठ, सम्झना महत र विनिता खड्का पनि चुनिएका छन् ।

निर्वाचन समितिका प्रमुख शिवजी श्रेष्ठले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै शपथग्रहण गराएका थिए। समितिका सदस्यसचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेको सत्रमा समितिका सदस्यहरु विनोद ज्ञवाली र श्रीचन्द्र गुरुङले टीका, खादा र प्रमाणपत्रसहित नयाँ कार्यसमितिका पदाधिकारीलाई शुभकामना दिएका थिए ।

यसअघि अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा उपाध्यक्ष सचिन श्रेष्ठले सन् २०१७ मा स्थापना भएयता बुद्ध फाउन्डेसन यूकेले गर्दै आएका मुख्य गतिविधिहरु समेटेर प्रगति प्रतिवेशन पेश गरेका थिए । त्यस्तै, उपाध्यक्ष अर्जुन कटुवालले प्रस्तुत गरेको संस्थाका आर्थिक गतिविधि तथा हिसाकिताबसम्बन्धि प्रतिवेदन पनि अधिवेशनले पारित गरेको थियो ।

त्यस्तै, बन्दसत्रमा विधान समितिका संयोजक फडिन्द्र भट्टराईले पेश गरेको विधान संशोधनसम्बन्धि प्रस्ताव पनि सभामा छलफलपछि पारित भएको थियो ।

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले फाउन्डेसनले नेपाल र नेपालीपनलाई अन्तरराष्ट्रिय स्तरमा ‘ब्रान्डिङ’ गरिरहेकोमा खुशी व्यक्त गरे ।

बुद्धको सन्देशलाई कुनै एक धर्म विशेषमा मात्र सिमित नराखेर समग्र जीवन दर्शनका रुपमा ग्रहण र प्रवर्द्धन गर्नु आवश्यक रहेको उनले बताए । फाउन्डेसनका अभियानहरुमा यसअघि लन्डन दूतावासबाट हुंदै आएको सहयोग र सहकार्य निरन्तर रहने आश्वासन समेत उपनियोग प्रमुख दुवाडीले दिए ।

कार्यक्रममा स्वास्थ्य समस्याका कारण उपस्थित हुन असमर्थ बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले भिडियो सन्देशमार्फत् अधिवेशन सफलताको शुभकामना पठाएका थिए ।

उनले फाउन्डेसनमार्फत् गौतम बुद्ध र उनको शान्ति सन्देश मात्र नभइ बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटकीय सम्भावनालाई पनि बेलायतमा प्रचारप्रसार गर्ने काम भइरहेको भन्दै प्रशंसा गरेका छन् । सन्देशमा राजदूत घिमिरेले दूतावासबाट आवश्यक सहकार्य र हौसलाको प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले संस्था स्थापनाको सन्दर्भ सुनाउँदै हालसम्म भएका काम र हासिल भएका उपलब्धिहरुमा गौरव लागेको बताए ।

फाउन्डेसन उमेर र आकारका हिसाबले सानो भएतापनि राष्ट्रिय महत्वका कयौं अभियानको अगुवाइ गर्ने अवसर मिलेको तथा सम्बन्धित सबै क्षेत्रबाट ऐक्यबद्धता र सहकार्य समेत मिलेको भन्दै उनले खुशी व्यक्त गरे ।

संस्थाको नेतृत्वमा रहिरहन आफ्नो व्यक्तिगत इच्छा नहुंदा नहुंदै पनि संस्थाप्रतिको जिम्मेवारी र सबैको सल्लाहबमोजिम पछि हट्न नसकेको अनुभव उनले सुनाए ।

सो अवसरमा स्थानीय रोयल बरो अफ ग्रीनवीचका मेयर जीत रानाभाट, एनआरएनए आइसीसीका उपाध्यक्ष रामशरण सिम्खडा, एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा, निर्वाचन समितिका संयोजक शिवजी श्रेष्ठ र सदस्यसचिव फडिन्द्र भट्टराई, तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापति, सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स यूकेका अध्यक्ष गजेन्द्र कटुवालसहित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए।

सो अवसरमा फाउन्डेसनको बुद्धजयन्ती कार्यक्रममा प्रस्तुति गर्ने कलाकार विनोद चिपालु, अमृता पान्डे, सुभाशिष श्रेष्ठ (अनुपस्थित) लगायतलाई खादा र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

अधिवेशनको सञ्चालन उपाध्यक्ष प्रसुना कंडेलले गरेकी थिइन् भने अर्का उपाध्यक्ष अर्जुन कटुवालले स्वागत मन्तव्य दिएका थिए । अधिवेशनमा लन्डनदेखि मिडल्यान्डसम्मका क्षेत्रबाट फाउन्डेसनका सदस्य एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो ।

तस्विर: प्रकाश कंडेल

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register