प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधिमाथि अर्जुनधारा र कनकाईको दाबी

झापा, ४ फागुन । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा अर्जुनधारा र कनकाई नगरपालिकाबीच हुने भएको छ । बिर्तामोडको डोमालाल रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमा दुवै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् । कनकाई नगरपालिकाका कोच सन्तोष रायमाझीले बिर्तामोड नगर खेलकुद विकास समितिले सवै भन्दा ठूलो पुरस्कार राशीको महिला [...] The post प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधिमाथि अर्जुनधारा र कनकाईको दाबी appeared first on Jhapa Online.

Feb 16, 2025 - 15:58
 0
प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधिमाथि अर्जुनधारा र कनकाईको दाबी

झापा, ४ फागुन । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा अर्जुनधारा र कनकाई नगरपालिकाबीच हुने भएको छ ।

बिर्तामोडको डोमालाल रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमा दुवै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् । कनकाई नगरपालिकाका कोच सन्तोष रायमाझीले बिर्तामोड नगर खेलकुद विकास समितिले सवै भन्दा ठूलो पुरस्कार राशीको महिला फुटबल प्रतियोगिता गरेकोमा धन्यवाद दिए । उनले कनकाई र अर्जुनधाराका दुवै खेलाडी उत्कृष्ट रहेको बताउँदै जुन टिमले जिते पनि झापाकै जित हुने बताए पनि उपाधि कनकाईले उचाल्ने बताए ।

यता, अर्जुनधारा नगरका कोच पुष्प मादेनले आफ्नो टिम उत्कृष्ट रहेको तर, कनकाईको टिम पनि कमजोर नभएको बताए । उनले पनि जितहार जे भएपनि प्रतियोगिता हुनु नै ठूलो कुरा भएको बताए । तर पनि उपाधि आफ्नै पोल्टामा पर्ने उनको दाबी छ ।

माघ २६ देखि शुरु भएको प्रतियोगिताको फाइनल भोलि हुनेछ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको बिजेताले तीन लाख र उप–विजेताले नगद एक लाख ५० हजार प्राप्त गर्नेछ ।

The post प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधिमाथि अर्जुनधारा र कनकाईको दाबी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register