घरमै पैसाको चाङ भेटिएका ‘लिटिल बुद्ध’ राम बहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर 

काठमाडौँ । ‘लिटिल बुद्ध’ को नामले परिचित राम बहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरिएको छ । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले सोमबार सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको हो ।  अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बमजनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दाबी गरिएको छ ।  बमजनविरुद्ध यसअघि बाल यौन शोषणको मुद्दा अदालतमा विचाराधीन छ […]

Feb 18, 2025 - 03:54
 0
घरमै पैसाको चाङ भेटिएका ‘लिटिल बुद्ध’ राम बहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर 

काठमाडौँ । ‘लिटिल बुद्ध’ को नामले परिचित राम बहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरिएको छ । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले सोमबार सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको हो । 

अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालका अनुसार बमजनविरुद्ध ८.५ करोड रुपैयाँको बिगो दाबी गरिएको छ । 

बमजनविरुद्ध यसअघि बाल यौन शोषणको मुद्दा अदालतमा विचाराधीन छ । बुढानिलकण्ठको हात्तिगौंडास्थित उनी बसिरहेको घरमा छापा मार्दा प्रहरीले १६ वटा देशको मुद्रासहित कम्तिमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको थियो ।

स्रोत नखुलेको करोडौँ रुपैयाँ घरमा लुकाइछिपाई राखेको अवस्थामा फेला परेपछि बमजनविरुद्ध अनुसन्धान विभागले सम्पत्ति शुद्धिकरणको प्रक्रिया सुरु गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register