मच्छिन्द्रले उचाल्यो इटहरी गोल्डकपको उपाधि

इटहरी । १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । शनिबार इटहरी रङ्गशालामा भएको फाइनलमा लगातार दुई संस्करणको विजेता सगरमाथा यूथ क्लब मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले पहिलो सहभागितामै उपाधि चुमेको हो । मच्छिन्द्रका लागि विदेशी खेलाडी मलिक युसुफले चौथो मिनेटमै अग्रता दिलाएका थिए […]

Feb 22, 2025 - 16:53
 0
मच्छिन्द्रले उचाल्यो इटहरी गोल्डकपको उपाधि

इटहरी । १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।

शनिबार इटहरी रङ्गशालामा भएको फाइनलमा लगातार दुई संस्करणको विजेता सगरमाथा यूथ क्लब मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले पहिलो सहभागितामै उपाधि चुमेको हो ।

मच्छिन्द्रका लागि विदेशी खेलाडी मलिक युसुफले चौथो मिनेटमै अग्रता दिलाएका थिए । ८५ औँ मिनेटमा ओमुलाजा नुरैन हरिमले गोल थपेर मच्छिन्द्रको जित सुनिश्चित गरे ।

प्रतियोगिताभर युसुफले सर्वाधिक ४ गोल गर्दै रु. २५ हजारसहित सर्वाधिक गोलकर्ताको पुरस्कार समेत हात पारेका छन् ।

विजेता मच्छिन्द्रले नगद रु. १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता सगरमाथाले रु. ५ लाख हात पारेको छ ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ सगरमाथाका कुलदीप कार्की सर्वोत्कृष्ट खेलाडी भए । उनले १ लाख र ट्रफी पाए ।

मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, शनिस श्रेष्ठ उत्कृष्ट डिफेन्डर, विशाल घलान उत्कृष्ट मिडफिल्डर र मलिक युसुफ उत्कृष्ट फरवार्ड घोषित भए । यस्तै मच्छिन्द्रका सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक चुनिए । सबै व्यक्तिगत विधाका विजेताले जनही रु. २० हजार र ट्रफी प्राप्त गरेका छन् ।

फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगितामा एक भारतीयसहित ८ टिमको सहभागिता थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register