६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड 

काठमाडौँ । पछिल्लो ६ महिनामा नेपाल विद्युत प्राधिकरणले ११ अर्ब बढी नाफा कमाएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको हो ।  आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको नेपाल विद्युत प्राधिकरण त्यसयता भने निरन्तर नाफामा छ ।  प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा […]

Feb 28, 2025 - 09:40
 0
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड 

काठमाडौँ । पछिल्लो ६ महिनामा नेपाल विद्युत प्राधिकरणले ११ अर्ब बढी नाफा कमाएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको हो । 

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको नेपाल विद्युत प्राधिकरण त्यसयता भने निरन्तर नाफामा छ । 

प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा प्राधिकरणले ३ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएको थियो भने आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको थियो । 

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यसपछि आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा ९ अर्ब ४१ करोड र आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । 

चालु आर्थिक वर्षको ६ महिनामा प्राधिकरणले विद्युत बिक्री, ब्याज तथा अन्यबाट ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । जसमध्ये विद्युत खरिद, प्रशासनिक र विभिन्न आयोजना लगायतमा प्राधिकरणले ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register