बालेनको पुर्ख्यौली घरबाट प्रचण्डको अपिल – प्रत्यक्ष निर्वाचित राष्ट्रपति लागू गर्न अघि बढौं

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति लागू गर्नका लागि अघि बढ्न अपिल गरेका छन् । जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत महोत्तरीको एकडारा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा रखेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली घरमा रहेको कार्यक्रम स्थलबाट प्रचण्डले भने, “पहिचानको मुद्दा बोक्ने पार्टी […]

Mar 6, 2025 - 05:53
 0
बालेनको पुर्ख्यौली घरबाट प्रचण्डको अपिल – प्रत्यक्ष निर्वाचित राष्ट्रपति लागू गर्न अघि बढौं

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति लागू गर्नका लागि अघि बढ्न अपिल गरेका छन् ।

जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत महोत्तरीको एकडारा गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा रखेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली घरमा रहेको कार्यक्रम स्थलबाट प्रचण्डले भने, “पहिचानको मुद्दा बोक्ने पार्टी माओवादी नै हो । हामी संविधान परिमार्जनका लागि लागेका छौं । त्यसमा जनताको साथ पाउनेमा ढुक्क छु ।”

उनले थपे, “प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नका लागि बढौँ भन्नका लागि हामी तपाईंहरुलाई अपिल गर्नेछौँ । त्यतिबेला तपाईंहरुको साथ हुने विश्वास व्यक्त गर्दछु ।”

यसअघि जागरण अभियानको क्रममा मोरङमा ‘प्रचण्ड’ले स्वतन्त्र रुपमा चुनाव जितेर आएका बालेन प्रत्यक्ष राष्ट्रपति निर्वाचित हुँदा केही फरक नपर्ने बताएका थिए ।

प्रचण्ड भन्छन् – बालेन प्रत्यक्ष राष्ट्रपति निर्वाचित भएर आए पनि फरक पर्दैन

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register