दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । आज (सोमबार) सङ्घीय संसदका दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको दिउँसो १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । उनले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको […]

Mar 17, 2025 - 03:47
 0
दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । आज (सोमबार) सङ्घीय संसदका दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको दिउँसो १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

उनले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको दफावार छलफल सदनमा गरियास्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै उनले सो विधेयकलाई ‘पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले बैङ्किङ्ग कसुर तथा सजाय विधेयकसम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

साथै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

उनले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ

साथै मन्त्री भट्टराईले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक आइतबार पनि बसेको थियो । क

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register