गभर्नरको टुंगो लागिसकेपछि सिफारिस समितिको औपचारिकता, यही महिना राष्ट्र बैंकले पाउँदैछ नयाँ गभर्नर !  

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिलाई औपचारिकता दिएको छ ।  यसअघिकै मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर नियुक्तिका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको भए पनि उक्त समितिलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले औपचारिकता दिएको हो ।  मन्त्रिपरिषद् बैठकले औपचारिकता दिएको समितिमा अर्थमन्त्री विष्णु पौडेल […]

Mar 25, 2025 - 03:41
 0
गभर्नरको टुंगो लागिसकेपछि सिफारिस समितिको औपचारिकता, यही महिना राष्ट्र बैंकले पाउँदैछ नयाँ गभर्नर !  

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिलाई औपचारिकता दिएको छ । 

यसअघिकै मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर नियुक्तिका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको भए पनि उक्त समितिलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले औपचारिकता दिएको हो । 

मन्त्रिपरिषद् बैठकले औपचारिकता दिएको समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजक छन् भने पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल सदस्य रहेका छन् । 

यसो त गभर्नर आफ्नो भागमा पार्न परराष्ट्रमन्त्री आरजु राणाको ठाडो हस्तक्षेपले उक्त समितिले औपचारिकता पाएको थिएन । अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओली पेलेर जाने मुडमा नदेखिएपछि गभर्नर नियुक्तिको प्रक्रिया रोकिएको थियो । यतिसम्म की समितिमा राख्ने भनिएका सदस्य पनि फेर्नुपर्छ भन्ने मनसायमा काँग्रेस पुगेको थियो । तर, गभर्नर को बन्ने ? भन्ने टुँगो लागेपछि अवरोध पनि हटेको र समितिले पनि औपचारिकता पाएको एक मन्त्रीले बताएका छन् । 

ती मन्त्रीका अनुसार सरकारले यो महिना (चैत) भित्रै गभर्नर नियुक्त गर्नेगरी तयारी अघि बढाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ गते सकिँदैछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register