प्रतिनिधिसभाको बैठकमा कुलमान घिसिङ् बर्खास्तको विरोध, प्रधानमान्त्रीले जवाफ नदिँदासम्म संसद चल्न नदिने

काठमाडौं । प्रतिनिसभाको बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ्लाई बर्खास्त गर्ने सरकारको कदमको विरोध भएको छ । प्रतिपक्षी दलहरूले बैठकको सुरूमै उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुख देवराज घिमिरेले विषय प्रस्ट पार्न समय दिएका थिए । संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसद शक्ति बस्नेतले सरकार विचौलियाको हित रक्षाको निम्ति समर्पित हुँदा कुशल राष्ट्रसेवकलाई […]

Mar 26, 2025 - 05:59
 0
प्रतिनिधिसभाको बैठकमा कुलमान घिसिङ् बर्खास्तको विरोध, प्रधानमान्त्रीले जवाफ नदिँदासम्म संसद चल्न नदिने

काठमाडौं । प्रतिनिसभाको बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ्लाई बर्खास्त गर्ने सरकारको कदमको विरोध भएको छ । प्रतिपक्षी दलहरूले बैठकको सुरूमै उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुख देवराज घिमिरेले विषय प्रस्ट पार्न समय दिएका थिए ।

संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसद शक्ति बस्नेतले सरकार विचौलियाको हित रक्षाको निम्ति समर्पित हुँदा कुशल राष्ट्रसेवकलाई बर्खास्त गरिएको बताए । सरकार सर्वसत्तावादमा उद्दत रहेको भन्दै उनले भने,’ सरकारले दुई तिहाईको समार्थ्य राष्ट्रसेवकको मानमर्दन गर्न सामर्थ्य प्रदर्शन गरेको छ,’ उनले भने ।

कुलमान घिसिङ्माथि स्पस्टिकरणको नौटंकी रचेर आफ्नो गलत कर्तुतलाई छोप्ने दुष्प्रयास गरेको उनले बताए । ‘सरकारले आत्मविश्वा गुमाएको कारणले सरकार कुलमान बर्खास्तको निर्णयमा पुगेको छ । चार महिना पनि टिक्न सकिँदैन भन्ने लागेर होला,’ उनले भने ।

सरकार उल्टोबाटोमा हिँडेको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register