साउदीले लगायो १४ देशमाथि भिसा प्रतिबन्ध (सूचीसहित)

काठमाडौं । साउदी अरेबियाले भारत, बङ्गलादेश, पाकिस्तानसहित १४ देशका नागरिकमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ । हज यात्रा अघि र हज यात्राको क्रममा भीडभाड कम गर्न उमराह, व्यापार र पारिवारिक भ्रमण भिसामा प्रतिबन्ध लगाइएको हो । रिपोर्टअनुसार यो प्रतिबन्ध जुनको मध्यसम्म लागू रहनेछ, जुन हज यात्राको सिजनको अन्त्यसँगै हुनेछ । भिसा निलम्बनबाट प्रभावित १४ राष्ट्रमा […]

Apr 7, 2025 - 07:57
 0
साउदीले लगायो १४ देशमाथि भिसा प्रतिबन्ध (सूचीसहित)

काठमाडौं । साउदी अरेबियाले भारत, बङ्गलादेश, पाकिस्तानसहित १४ देशका नागरिकमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ ।

हज यात्रा अघि र हज यात्राको क्रममा भीडभाड कम गर्न उमराह, व्यापार र पारिवारिक भ्रमण भिसामा प्रतिबन्ध लगाइएको हो ।

रिपोर्टअनुसार यो प्रतिबन्ध जुनको मध्यसम्म लागू रहनेछ, जुन हज यात्राको सिजनको अन्त्यसँगै हुनेछ ।

भिसा निलम्बनबाट प्रभावित १४ राष्ट्रमा अल्जेरिया, बङ्गलादेश, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इराक, जोर्डन, मोरक्को, नाइजेरिया, पाकिस्तान, सुडान, ट्युनिसिया र यमन समावेश छन् ।

साउदी अधिकारीहरूले उमरा भिसा प्रदान गर्ने अन्तिम मिति अप्रिल १३, २०२५ तोकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register