संसद्को गतिरोध अन्त्यका लागि ओली र देउवाबीच बालुवाटारमा छलफल, गृहमन्त्री लेखक पनि सहभागी

काठमाडौं । संसद्को गतिरोध गन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति देउवाबीच अहिले बालुवाटारमा छलफल जारी छ । दुई नेताबीच बुधबार बिहान साढे १० बजेदेखि छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले नेपालभ्युजलाई जानकारी दिए । छलफलमा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् । यतिबेला भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखेकको […]

May 28, 2025 - 07:01
 0
संसद्को गतिरोध अन्त्यका लागि ओली र देउवाबीच बालुवाटारमा छलफल, गृहमन्त्री लेखक पनि सहभागी

काठमाडौं । संसद्को गतिरोध गन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति देउवाबीच अहिले बालुवाटारमा छलफल जारी छ ।

दुई नेताबीच बुधबार बिहान साढे १० बजेदेखि छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले नेपालभ्युजलाई जानकारी दिए ।

छलफलमा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् ।

यतिबेला भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखेकको राजीनामा माग गदै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका छन् ।

जसले गर्दा आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्न सकिरहेको छैन ।

यसैबीच सरकारले बिहीबार  संसद्मा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । यसैले संसद्को गतिरोध, गृहमन्त्री प्रकरणलगायत विषयमा बालुवाटारमा छलफल भइरहेको हो ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register