वर्षाको कारण स्थगित आईपीएलको फाइनल खेल आज
काठमाडौं । आइतबार वर्षाको कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज सोमबार राति हुँदैछ ।आइतबार राति अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारी वर्षाको कारण फाइनल खेल स्थगित भएको थियो । वर्षाकै कारण टस समेत हुन सकेको थिएन ।स्थगित फाइनल खेल नेपाली समयअनुसार आज राति ७ः४५ बजेबाट सुरु हुनेछ ।
उपाधिका लागि गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता गुजरात र चार पटक उपाधि विजेता बनिसकेको चेन्नईबीच प्रतिस्पर्धा हुन लागेको हो ।
चेन्नई पहिलो क्वालिफायर खेलमा गुजरातलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने गुजरातले दोस्रो क्वालिफायर खेलमा मुम्बई इण्डियन्सलाई पराजति गर्दै फाइनलमा स्थान बनाएको थियो ।
हार्दिक पाण्डेयको कप्तानीमा रहेको गुजरात र महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई अहिलेसम्म आइपीएलमा चार पटक आमने सामने भएका छन् । जसमा गुजरातले तीन पटक जितेको छ भने चेन्नईले एक पटक जितेको छ ।चेन्नईले यसै सिजनको पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
दोस्रो सिजन खेलिरहेको गुजरात लगातार दोस्रो पटक नै आइपीएलको फाइनलमा पुगेको छ । यसअघि अघिल्लो वर्षको आइपीएलको उपाधि पनि गुजरातले जितेको थियो ।आइपीएलको इतिहासमा चेन्नई १०औँ पटक आईपीएलको फाइनलमा पुगेको हो । जसमा चेन्नईले चार पटक उपाधि जितेको छ ।
What's Your Reaction?






