नेपाल खेलकुद महासंघको मन्थली र खाँडादेवीको अधिवेशन सम्पन्न
काठमाडौँ । नेपाल खेलकुद महासंघ मन्थली नगर पालिका कमिटीको प्रथम नगर अधिवेशन सोमबार मन्थलीमा सम्पन्न भएको छ । नेपाल खेलकुद महांघका केन्द्रीय कोषाध्यक्ष उज्वल सुवेदीको प्रमुख आतिथ्ययतामा भएको अधिवेशनले रमेश चापागाईँको अध्यक्षतामा १५ सदस्सीय नयाँ नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्षमा रञ्जु चौधरी र अनिल माझी चुनिनु भएको छ ।
त्यस्तै सचिव र कोषाध्यक्षमा क्रमशः सुशील कार्की र अनिल बुढाथोकी निर्वाचित हुनुभएको छ । त्यस्तै सहसचिवमा युविन तामाङ र मिना माझी चुनिनु भएको छ ।
कार्यक्रममा एमाले रामेछापका उपसचिव होतराज ढकाल, महासंघका वाग्मती प्रदेश कमिटी अध्यक्ष सिताराम कार्की लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
यसै गरी महासंघको खाँडादेवी गाउँपालिका अधिवेशन पनि सम्पन्न भएको छ । महासंघका स्थायी कमिटी सदस्य हरिवंश कँडेलको प्रमुख आतिथ्ययतामा भएको अधिवेशनले सपुत लामालाई अध्यक्ष, सुरेखा केसीलाई सचिव र सुरेश प्रधानलाई कोषाध्यक्षमा निर्वाचित गरेको छ ।
What's Your Reaction?






