खेमराज दाहालको दोश्रो कृति भद्रपुरको प्रतिबिम्ब विमोचित

भद्रपुर, १० भदौ । लेखक खेमराज दाहालको दोश्रो कृति भद्रपुरको प्रतिबिम्ब चन्द्रगढीमा बिमोचन गरिएको छ । तथ्याङ्कमा भद्रपुर नगरपालिका, झापा जिल्ला र देशभित्रका महत्वपूर्ण क्षेत्र समेटेर तयार भएको पुस्तकको विमोचन भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका हुन् । डाइनामिक ग्रुपका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता तथा प्रमुख अतिथि भद्रपुर नगर प्रमुख पोखरेलको रहेको थियो भने खगिन्दा [...] The post खेमराज दाहालको दोश्रो कृति भद्रपुरको प्रतिबिम्ब विमोचित appeared first on Jhapa Online.

Aug 26, 2024 - 10:28
 0
खेमराज दाहालको दोश्रो कृति भद्रपुरको प्रतिबिम्ब विमोचित

भद्रपुर, १० भदौ । लेखक खेमराज दाहालको दोश्रो कृति भद्रपुरको प्रतिबिम्ब चन्द्रगढीमा बिमोचन गरिएको छ ।

तथ्याङ्कमा भद्रपुर नगरपालिका, झापा जिल्ला र देशभित्रका महत्वपूर्ण क्षेत्र समेटेर तयार भएको पुस्तकको विमोचन भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका हुन् । डाइनामिक ग्रुपका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता तथा प्रमुख अतिथि भद्रपुर नगर प्रमुख पोखरेलको रहेको थियो भने खगिन्दा खुसीले सञ्चालन गरेको कार्यक्रममा पुस्तकको समिक्षा हल्दिवारी गाउँपालिकाका अधिकृत तथा डाइनामिक ग्राुपका सल्लाहकार राजन न्यौपानेले गरेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश ग्रुपका सचिव चन्द्रमणि पौडेलले प्रगरेको कार्यक्रममा स्वागत मन्तव्य डाइनामिकका सदस्य उमेश पाण्डेले गरेका थिए । प्राज्ञ हरि पौडेल, प्रा.डा. गंगा प्रसाद अधिकारी, समाजसेवी तथा चन्द्रगढी सामुदायीक वनका अध्यक्ष दुर्गा प्रसाद भट्टराई, भद्रपुर ९ का वडाध्यक्ष राम दाहाल, ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, कार्यपालिका सदस्य सीता ढकाल गुरागाई, १० नं. वडा सदस्य दुर्गा प्रसाद दाहाल, ८ नं. वडा सदस्य भगवती वस्नेत, अग्रज पत्रकार चिन्तामणि दाहाल, समाजसेवी शिव राजभण्डारी लगायतको उपस्थिति रहेको थियो ।

The post खेमराज दाहालको दोश्रो कृति भद्रपुरको प्रतिबिम्ब विमोचित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register