महिला उद्यमी संघ बिर्तामोड अध्यक्षमा हुमागाईं

झापा, ११ भदौ । महिला उद्यमी संघ बिर्तामोडको अध्यक्षमा राधिका चुडाल हुमागाई चयान भएकी छिन् । बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी संघको तेस्रो अधिवेशनबाट हुमागाई सर्वसम्वत चयन भएकी हुन् । संघको वरिष्ठ उपाध्यक्षमा कमला उप्रेती श्रेष्ठ, उपाध्यक्षमा संगीता साह र आरती श्रेष्ठ चयन भएका छन् । संघको महासचिवमा लीला उप्रेती प्रसाई, सचिव [...] The post महिला उद्यमी संघ बिर्तामोड अध्यक्षमा हुमागाईं appeared first on Jhapa Online.

Aug 27, 2024 - 04:04
 0
महिला उद्यमी संघ बिर्तामोड अध्यक्षमा हुमागाईं

झापा, ११ भदौ । महिला उद्यमी संघ बिर्तामोडको अध्यक्षमा राधिका चुडाल हुमागाई चयान भएकी छिन् ।

बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी संघको तेस्रो अधिवेशनबाट हुमागाई सर्वसम्वत चयन भएकी हुन् । संघको वरिष्ठ उपाध्यक्षमा कमला उप्रेती श्रेष्ठ, उपाध्यक्षमा संगीता साह र आरती श्रेष्ठ चयन भएका छन् । संघको महासचिवमा लीला उप्रेती प्रसाई, सचिव शीला चुडाल, कोषाध्यक्ष गोमा दंगाल र सह कोषाध्यक्षमा अञ्जु लामिछाने चयन भएका हुन् ।

सदस्यहरुमा भने मुना कुमारी लिम्बू, रेणुका महत्तो, कविता अधिकारी पौडेल, कविता पोखरेल, गीता खतिवडा, सृजना अग्रवाल, गीता थापा विष्ट, निरुजा दहाल, विमला निरौला घिमिरे, इसरत परवीन शेख, दुर्गा पोखरेल, पुनम अधिकारी र नरमाया रसाइली चयन भएका छन् ।

यसैबीच महिला उद्यमी संघको वरिष्ठ सल्लाहकारमा यशोदा उप्रेतीलाई चयन गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्य तथा संघकी अध्यक्ष तीलोत्तमा खत्रीको अध्यक्षतामा अतिथि सदनमा आयोजित कार्यक्रमकाबीच पद हस्तान्तरण समेत भएको छ ।

नव निर्वाचित समितिलाई संघकी संस्थापक अध्यक्ष उर्मिला खरेल विमली, बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष प्रकाश शिवाकोटी, संघका सल्लाहकार मोहन मित्तल लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघकी निर्वतमान महिला उपाध्यक्ष नैनकला भट्टराई र संघकी नव नियुक्त महासचिव लीला अनमोलले गरेका थिए ।

The post महिला उद्यमी संघ बिर्तामोड अध्यक्षमा हुमागाईं appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register