सुजुकी ‘पर्वोत्सव’ २०८१ योजना, इभिमा जस्तै ‘स्विफ्ट’ मा ५ वर्षको शून्य ‘रनिङ्ग’ खर्च

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहारभरका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले चार लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरू […]

Aug 27, 2024 - 04:11
 0
सुजुकी ‘पर्वोत्सव’ २०८१ योजना, इभिमा जस्तै ‘स्विफ्ट’ मा ५ वर्षको शून्य ‘रनिङ्ग’ खर्च

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहारभरका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले चार लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरू पाउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ‘नाडा अटो शो’ लक्षित गरी सो कार्यक्रमभर खरिद गर्ने ग्राहकलाई ‘स्क्र्याच कार्ड’ मार्फत थप दुई लाख रुपैयाँसम्मको छुट दिने प्रावधान पनि ल्याएको छ ।

‘नाडा अटो शो’ मा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ ‘एपिक स्विफ्ट’, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शून्य ‘रनिङ्ग’ खर्च हुनेगरी अफर पनि ल्याएको छ । यी योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले ‘रनिङ्ग’ खर्चको बोझबिना ढुक्कले ड्राइभिङ अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत शून्य रनिङ्ग खर्चमा स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्षसम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन भने सो अवधिका लागि मर्मतसम्भार र पीयमयस पार्ट्स र इन्जिन आयलमा पनि केही खर्च गर्नुपर्ने छैन । कम्पनी को मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि कुनै शुल्क लाग्ने छैन ।

फ्री अटो बीमा र एक्सेसरिजमा थप १ वर्षको बीमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिजहरू पनि निःशुल्क पाइनेछ । थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनसमा बिक्री पछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्षपछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी दिएको छ ।

विद्युतीय र पेट्रोल इन्जिन सवारी साधनहरू बीचको बढ्दो बहसका माझ सीजीले यो योजना प्रस्ताव गरेको उल्लेख गर्दै ग्राहकहरूले फाइदाजनक र झन्झट–रहित तवरले शून्य रनिङ्ग खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्ने विश्वास लिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register