स्टार्टअप उद्यम कर्जाः कसरी लिने ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा ? आवेदन कसले दिने ? 

काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रवर्द्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको छ । ११ भदौ (मंगलबार) एक सूचना जारी गर्दै प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा लिन चाहनेबाट परियोजना प्रस्ताव आह्वान गरेको हो ।  स्टार्टअप उद्यम गर्न चाहनेहरुका लागि सहुलियतमा कर्जा दिन मिल्नेगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप कर्जा सञ्चालन कार्यविधि, […]

Aug 27, 2024 - 04:27
 0
स्टार्टअप उद्यम कर्जाः कसरी लिने ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा ? आवेदन कसले दिने ? 

काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रवर्द्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको छ । ११ भदौ (मंगलबार) एक सूचना जारी गर्दै प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा लिन चाहनेबाट परियोजना प्रस्ताव आह्वान गरेको हो । 

स्टार्टअप उद्यम गर्न चाहनेहरुका लागि सहुलियतमा कर्जा दिन मिल्नेगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप कर्जा सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गरिसकेको छ । 

सोही कार्यविधिको दफा ४ अनुसार योग्यता पुगेका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीले आफ्नो परियोजना प्रस्ताव पेश गर्न सक्ने औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार सूचना प्रकाशित भएको २१ दिनभित्र कार्यविधिको अनुसूची-३ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्न सक्नेछन् । परियोजना प्रस्ताव अनलाइनमार्फत पनि भर्न सकिनेछ । परियोजना प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी प्रतिष्ठानको वेबसाइटमा उपलब्ध छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register