झापाबाट शुरु भयो ‘लभ फरेवर’को छायाँकन

झापा, ११ भदौ । अनुग्रह फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको लघु चलचित्र ‘लभ फरेवर’को सोमबार शुभमूहुर्त गरिएको छ । झापाको बुद्धशान्ति–६ स्थित इरौटार आधारभूत विद्यालयबाट चलचित्रको छायांकन सुरु गरिएको छ । राज लावतीको निर्देशनमा बन्न लागेको चलचित्रको कथा लेखन सौरभ तामाङको रहेको छ । पटकथा तथा संवाद एकराज प्रधानको रहेको चलचित्रमा क्रिएटिभ डिरेक्टसन प्रितम धमला [...] The post झापाबाट शुरु भयो ‘लभ फरेवर’को छायाँकन appeared first on Jhapa Online.

Aug 27, 2024 - 06:20
 0
झापाबाट शुरु भयो ‘लभ फरेवर’को छायाँकन

झापा, ११ भदौ । अनुग्रह फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको लघु चलचित्र ‘लभ फरेवर’को सोमबार शुभमूहुर्त गरिएको छ । झापाको बुद्धशान्ति–६ स्थित इरौटार आधारभूत विद्यालयबाट चलचित्रको छायांकन सुरु गरिएको छ ।

राज लावतीको निर्देशनमा बन्न लागेको चलचित्रको कथा लेखन सौरभ तामाङको रहेको छ । पटकथा तथा संवाद एकराज प्रधानको रहेको चलचित्रमा क्रिएटिभ डिरेक्टसन प्रितम धमला ‘झापाली कान्छो’ले गरिरहेका छन् । सिनेमाटोग्राफी सुवास लिम्बूले सम्हालिरहेका छन् ।

शुभमुहूर्त गर्दै निर्देशक लावतीले भने, ‘माया सधैँभरि रहिरहन्छ भन्ने कन्सेप्टमा फिल्म बन्दैछ, जीवनमा प्रेमले कति महत्व राख्छ भन्ने कुरा फिल्ममा हुनेछ ।’ चलचित्रमा मुख्य अभिनय सौरभ तामाङको रहने निर्माण टिमले जनाएको छ ।

‘लभ फरेवर’मा प्रताप सुनुवार, सुजन राउत, रमेश तिवारी, नविन अधिकारी, याम खरेल, राजु खरेल, झापाली कान्छो लगायतको अभिनय देख्न सकिनेछ । त्यस्तै बाल कलाकारको रुपमा समता खरेल, रहिम बस्नेत र अमिर लिम्बूको अभिनय रहनेछ । चलचित्रको छायांकन झापा र इलाम गरिने निर्देशक राज लावतीले बताए ।

The post झापाबाट शुरु भयो ‘लभ फरेवर’को छायाँकन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register