भद्रपुरको इष्ट पोइन्ट स्कूलमा राष्ट्रिय सेवा दलको प्रशिक्षण

भद्रपुर, ११ भदौ । नेपाली सेनाको वार्षिक कार्यक्रम अन्तरगत राष्ट्रिय सेवा दल (एनसीसी) को एक सय दिने प्रशिक्षणको इष्ट पोइन्ट इंग्लिस स्कूल भद्रपुर–४ मा अनुगमन गरिएको छ । किशोरवयका विद्यार्थीहरुलाई तिनको शारीरिक तन्दुरुस्तीसँगै मानसिक विकासका लागि त्यस्तो अतिरिक्त क्रियाकलाप सम्बन्धी तालिम दिइने गरेको प्रमुख अतिथि सहायक रथी युवधिरमानसिंह अधिकारीले प्रशिक्षणका सहभागी क्यारेटहरुलाई सम्बोधनका क्रममा बताए [...] The post भद्रपुरको इष्ट पोइन्ट स्कूलमा राष्ट्रिय सेवा दलको प्रशिक्षण appeared first on Jhapa Online.

Aug 27, 2024 - 11:56
 0
भद्रपुरको इष्ट पोइन्ट स्कूलमा राष्ट्रिय सेवा दलको प्रशिक्षण

भद्रपुर, ११ भदौ । नेपाली सेनाको वार्षिक कार्यक्रम अन्तरगत राष्ट्रिय सेवा दल (एनसीसी) को एक सय दिने प्रशिक्षणको इष्ट पोइन्ट इंग्लिस स्कूल भद्रपुर–४ मा अनुगमन गरिएको छ ।

किशोरवयका विद्यार्थीहरुलाई तिनको शारीरिक तन्दुरुस्तीसँगै मानसिक विकासका लागि त्यस्तो अतिरिक्त क्रियाकलाप सम्बन्धी तालिम दिइने गरेको प्रमुख अतिथि सहायक रथी युवधिरमानसिंह अधिकारीले प्रशिक्षणका सहभागी क्यारेटहरुलाई सम्बोधनका क्रममा बताए ।

उनले थप भने, ‘राष्ट्रलाई केन्द्रमा राखेर हामी नेपालीले अघि बढ्नुपर्छ । यो देशका कर्णधार आजका विद्यार्थी नै भएकाले अहिलेदेखि असल नागरिक बन्ने अभ्यास गरेर भोलि देशको सेवा गर्नेगरी पाइला चाल्नुपर्छ ।’

राष्ट्रिय सेवा दलको यस्तो प्रशिक्षण कार्यक्रमका लागि यस वर्ष झापा जिल्लाका आठ वटा विद्यालय छनोटमा पर्दा झापाको ३ नम्बर क्षेत्रबाट इष्ट पोइन्ट इंग्लिस स्कूल मात्र परेको हो ।

स्कूलका सञ्चालक राजेन्द्र घिमिरेका अनुसार यो कवाज प्रशिक्षण सय दिने हो । गत असार १५ गतेदेखि शुरु भएको प्रशिक्षणमा कक्षा–८ र ९ का १४ वर्षदेखि १६ वर्ष उमेर समूहका १८ छात्र र १८ छात्रा सहभागी छन् ।

सञ्चालक घिमिरेले भने, ‘यो तालिमले विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा सबल बन्न मद्दत गर्ने छ भने उनीहरुमा आत्मविश्वास बढाउनुका साथै दुव्र्यसन र खराब संगतबाट टाढा राख्न उत्प्रेरणा समेत जगाउने छ ।’

अब सैद्धान्तिक र प्रयोगात्मक तालिममा सहभागी विद्यार्थीहरुलाई स्कूलमा दिइने तालिम पश्चातको अन्तिम २० दिन सेनाको क्याम्पमा लगेर समापन चरणको तालिम दिइएपछि पास आउट हुने बताइएको छ ।

स्कूल परिसरमा भदौ ११ गते सेनाद्वारा गरिएको अनुगमनका क्रममा सहभागी प्रशिक्षार्थीहरुले आकर्षक कवाज प्रस्तुत गरेका थिए । अनुगमनका क्रममा प्रमुख सेनानी प्राजु बस्न्यात र सहसेनानी चन्दा बानियाँ समेत सहभागी थिए ।

The post भद्रपुरको इष्ट पोइन्ट स्कूलमा राष्ट्रिय सेवा दलको प्रशिक्षण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register