दोरम्बा पहिरो: अझै भेटिएनन् बेपत्ता ३ जना, वर्षाका कारण खोजी कार्यमा कठिनाइ 

रामेछाप ।  दोरम्बा सैलुङ गाउँपालिका-३ लेखर्क स्थित पहरी बस्तीमा गएको पहिरोमा परि ७ जनाको ज्यान गएको छ। पहिरोमा बेपत्ता भएका ३ जना अझै भेट्न नसकेको रामेछापका प्रहरी प्रमुख डिएसपी प्रदीप कुमार सिंहले बताए।  पहिरोमा परि बेपत्ता भएका मध्ये ६ जनाको शव आइतबार नै भेटिएको थियो भने एक जनाको शव सोमबार दिउँसो भेटिएको थियो । नेपाल […]

Aug 27, 2024 - 06:41
 0
दोरम्बा पहिरो: अझै भेटिएनन् बेपत्ता ३ जना, वर्षाका कारण खोजी कार्यमा कठिनाइ 

रामेछाप । 

दोरम्बा सैलुङ गाउँपालिका-३ लेखर्क स्थित पहरी बस्तीमा गएको पहिरोमा परि ७ जनाको ज्यान गएको छ। पहिरोमा बेपत्ता भएका ३ जना अझै भेट्न नसकेको रामेछापका प्रहरी प्रमुख डिएसपी प्रदीप कुमार सिंहले बताए। 

पहिरोमा परि बेपत्ता भएका मध्ये ६ जनाको शव आइतबार नै भेटिएको थियो भने एक जनाको शव सोमबार दिउँसो भेटिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घटना स्थलमा खोजी कार्य जारी राखेको छ। तर अविरल वर्षाका कारण खोजी कार्यमा समस्या भएको प्रहरी प्रमुख सिंहले बताए। 

शव पोष्टमाटम गरी उनीहरूको परिवारलाई बुझाइएको जिल्ला विपद् व्यवस्थापन समितिकी संयोजक तथा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्। 

सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले नेपाल सरकारको मापदण्ड अनुसार राहत वितरण गर्ने निर्णय गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिकी संयोजक तथा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा बसेको बैठकले विभिन्न १३ वटा निर्णय गदै जिल्ला प्रहरी कार्यालय रामेछापको संयोजकत्वमा ५ सदस्य समिति बनाएको छ ।

बैठकले विस्थापित परिवार र उनीहरूको आवश्यकता पहिचानका लागि जनस्वास्थ्य कार्यालय, रामेछाप उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, गैर सरकारी संस्था महासङ्घ र नेपाल पत्रकार महासङ्घ रामेछाप सहितको समिति बनाएको हो। 

पहिरोको कारण पहरी टोलका मात्रै करिब ३५ घरपरिवार विस्थापित भएका छन्। उनीहरूलाई आइतबार नै पालिका नजिकैको विद्यालय र सामुदायिक भवनमा बस्ने व्यवस्था मिलाइएको थियो।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register