झापामा प्रतिबन्धित औषधि र लागुऔषधसहित छ जना पक्राउ

भद्रपुर, ११ भदौ । जिल्लाका विभिन्न स्थानबाट प्रहरी लागुऔषध र प्रतिबन्धित औषधिसहित छ जनालाई पक्राउ गरेको छ । झापाको भद्रपुरबाट लागुऔषधि ब्राउनसुगरसहित दुई जना, प्रतिबन्धित औषधिसहित दमकबाट एक जना र शिवसताक्षीबाट दुई जनालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । सोमबार साँझ भद्रपुर–५ मेची पुलस्थित अस्थायी [...] The post झापामा प्रतिबन्धित औषधि र लागुऔषधसहित छ जना पक्राउ appeared first on Jhapa Online.

Aug 27, 2024 - 09:12
 0
झापामा प्रतिबन्धित औषधि र लागुऔषधसहित छ जना पक्राउ

भद्रपुर, ११ भदौ । जिल्लाका विभिन्न स्थानबाट प्रहरी लागुऔषध र प्रतिबन्धित औषधिसहित छ जनालाई पक्राउ गरेको छ ।

झापाको भद्रपुरबाट लागुऔषधि ब्राउनसुगरसहित दुई जना, प्रतिबन्धित औषधिसहित दमकबाट एक जना र शिवसताक्षीबाट दुई जनालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

सोमबार साँझ भद्रपुर–५ मेची पुलस्थित अस्थायी प्रहरी बिट मेची पुलबाट र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १०प ३२८७ नं. को मोटरसाइकलमा सवार भद्रपुर–८ हस्पिटल चोकका २७ वर्षीय मोहित साहलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनले मलद्वारमा प्लाष्टिकले पोका पारी लुकाई छिपाइ ल्याउँदै गरेको प्लाष्टिकबाहेक १० ग्राम ९२ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

साहलाई थप सोधपुछ गर्दा भक्तपुर सूर्यविनायक नगरपालिका–३ का २८ वर्षीय सन्दिप थापालाई दिनको लागि ल्याएको बयान दिए पछि भद्रपुर–८ हस्पिटल मोडबाट थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखे अनुसन्धान अघि बढाइएको प्रवक्ता चन्दले बताउनुभयो ।

त्यसैगरी, प्रतिबन्धित औषधिसहित दमक–५ का २० वर्षीय अर्जुन कार्कीलाई इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोली पक्राउ गरेको छ । उनको साथबाट प्रतिबन्धित ट्रामाडोल हाइड्रो क्लोराइड ५० एमजीको दुई सय क्याप्सुल र डिक्लोमाइन एचसीएल २० एमजीको दुई सय थान क्याप्सुल फेला परेको छ ।

यसैगरी, शिवसताक्षी नगरपालिका–११ दुधे चोकबाट सोमबार राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलिले झिलझिलेबाट माइधारतर्फ जाँदै गरेको प्र १–०१–०१५ प ३२२ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्ने गर्दा विभिन्न प्रकारको प्रतिबिन्धत औषधि फेला परेको थियो ।

प्रहरीले स्कुटर चालक शिवसताक्षी–१० माइधारका २२ वर्षीय दिपेश तामाङ, शिवसताक्षी–९ झरना चोकका २५ वर्षीय सिमान्त सुब्बा र शिवसताक्षी–३ धरमपुरका १९ वर्षीय श्याम दर्जीलाई पक्राउ गरेको छ । प्रहरीले स्कुटरको डिगीबाट ट्रामाडोल १६६ थान क्याप्सुल र कोलिवन १५४ थान क्याप्सुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापामा प्रतिबन्धित औषधि र लागुऔषधसहित छ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register