वनमा उद्यम : झापामा टपरी उद्योग स्थापना

झापा, २१ भदौ । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. २ हाताभित्र दुना–टपरी उद्योग स्थापना गरिएको छ । सालको पातबाट दुना–टपरी बनाउने मेसिनका खरीदका लागि डिभिजन वन कार्यालय झापाले अनुदानका उपलब्ध गराएपछि उद्योग स्थापना भएको हो । कार्यालय प्रमुख मेघराज राईले सामुदायिक वनलाई उद्यमसँग जोड्का लागि अनुदान उपलब्ध गराइएको बताउनुभयो [...] The post वनमा उद्यम : झापामा टपरी उद्योग स्थापना appeared first on Jhapa Online.

Sep 6, 2024 - 02:10
 0
वनमा उद्यम : झापामा टपरी उद्योग स्थापना

झापा, २१ भदौ । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. २ हाताभित्र दुना–टपरी उद्योग स्थापना गरिएको छ ।

सालको पातबाट दुना–टपरी बनाउने मेसिनका खरीदका लागि डिभिजन वन कार्यालय झापाले अनुदानका उपलब्ध गराएपछि उद्योग स्थापना भएको हो । कार्यालय प्रमुख मेघराज राईले सामुदायिक वनलाई उद्यमसँग जोड्का लागि अनुदान उपलब्ध गराइएको बताउनुभयो ।

“स्थानीय कच्चा पदार्थको प्रयोगसँगै वातावरण संरक्षणमा यसले सहयोग मिल्छ”, उहाँले भन्नुभयो, “वनमा काठ दाउरा मात्र होइन, अन्य उद्यम पनि गर्न आवश्यक छ ।” प्लास्टिक मुक्त स्थानीय तह बनाउन सके दुना–पटरीको बजारीकरण सहजै हुने उहाँको भनाइ छ ।

सालको पातबाट दुना–टपरी बनाउने उक्त मेसिनको मूल्य रू पाँच लाख ८० हजार पाँच सय ३२ मूल्य रहेको छ । सामुदायिक वनमा उद्यम विकास कार्यक्रम अन्तरगत कार्यालयले रू चार लाख ८५ हजार अनुदान उपलब्ध गराएको छ भने सामुदायिक वनको ९५ हजार पाँच सय ३२ लागत सहभागिता रहेको कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षको कार्यक्रमबाट अनुदान उपलब्ध गराइएको भए पनि उद्योग आजदेखि सञ्चालनमा आएको हो । उद्योगको अन्य पूर्वाधार मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. २ ले निर्माण गरेको छ ।

मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नम्बर २ का अध्यक्ष बीर्खबहादुर तामाङले दुना–टपरी बनाउन महिला समूह गठन गरिने बताउनुभयो । वनमा खेर जाने पात संकलन गरेर दुना–टपरी बनाउने योजना उहाँले बताउनुभयो ।

The post वनमा उद्यम : झापामा टपरी उद्योग स्थापना appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register