नाडा अटो शोमा गाडी किन्न ट्रेडरहरुले प्रफिट बुक गर्दा बजारमा प्रेसर, जानकार भन्छन्, ‘सेयर बेचेर गाडी किन्ने पछुताउँछन्’

काठमाडौँ । नाडा अटो शोमा नयाँ इभी गाडीहरु किन्न सेयर कारोबारीहरुले प्रफिट बुक गर्दै सेयर बेचिरहेको खुलासा भएको छ । मंगलबारबारे सुरु भएको नाडा अटो शोमा गाडी किन्नकै लागि थुप्रै सेयर कारोबारीहरु सेयर बेचिरहेको खुलासा अभाएको हो । ‘बजार किन यसरी घट्यो होला ?’ अर्थ सरोकारले सोधेको प्रश्नमा विभिन्न चिनिएका ट्रेडरहरुले सेयर बजारमा नाफा गर्न […]

Aug 27, 2024 - 10:39
 0
नाडा अटो शोमा गाडी किन्न ट्रेडरहरुले प्रफिट बुक गर्दा बजारमा प्रेसर, जानकार भन्छन्, ‘सेयर बेचेर गाडी किन्ने पछुताउँछन्’
काठमाडौँ । नाडा अटो शोमा नयाँ इभी गाडीहरु किन्न सेयर कारोबारीहरुले प्रफिट बुक गर्दै सेयर बेचिरहेको खुलासा भएको छ । मंगलबारबारे सुरु भएको नाडा अटो शोमा गाडी किन्नकै लागि थुप्रै सेयर कारोबारीहरु सेयर बेचिरहेको खुलासा अभाएको हो ।
‘बजार किन यसरी घट्यो होला ?’ अर्थ सरोकारले सोधेको प्रश्नमा विभिन्न चिनिएका ट्रेडरहरुले सेयर बजारमा नाफा गर्न प्रफिट बुक पनि गर्नुपर्ने र नाडा अटो शोमा गाडी किन्ने धेरैको सेयर बेच्ने बहाना भएको दाबी गरेका छन् । ‘नबेची त नाफा हुने कुरा पनि भएन । अव डबल, त्रिपल नै भईसकेपछि सेयर बेचेर एउटा गज्जबको गाडी किनौं न त भन्ने लगानीकर्ताहरु धेरै देखिएका छन् । त्यसले पनि बजारमा प्रभाव पारेको देखिन्छ ।’
ती कारोबारीका अनुसार अहिले सेयर बाट मनग्य पैसा कमाएकाहरुमध्ये धेरैले अर्को सेक्टरमा सिफ्ट हुने वा गाडी किन्ने भन्ने चर्चा गर्ने गरेको बताउँछन् । ‘राम्रै गाडी चढिरहेकाहरु सेयरमै थप पैसा खन्याईरहेका छन् । एउटा राम्रो गाडी नहुनेहरु र गाडीका पारखीहरु सेयर बेचेर गाडी किनिरहेका छन्, वा किन्न खोजिरहेका छन् ।’
यद्यपी उनले त्यस्तो निर्णयले पछि लगानीकर्ताहरु पछुताउने सम्भावना बढी भएकोसमेत दाबी गरेका छन् । ‘खासमा गाडी क्यास हालेर किन्ने होइन । लोनमै किन्ने हो । तर कतिपय लगानीकर्ताहरुले झ्याप्पै सेयर बेचेरसमेत गाडी किन्ने तरखर गरिरहेका छन्, जुन गलत छ ।’
उनका अनुसार अहिलेको समयमा सेयर बेचेको पैसाले अर्को कुनै राम्रो सेयर किन्नु नै बुद्धीमानी हुन्छ । ‘धेरै लगानीकर्ताले हुँदाछँदाको गाडी छोडेर थप महँगो गाडी किन्ने सोचिरहनु भएको छ, जुन ठिक होइन । गाडी नै नभएका कारोबारीको हकमा फरक कुरा हो, भएको गाडी हुँदाहुँदै यो गाडीमा लगानी गर्ने भन्दा पनि सेयरमै लगानी गर्ने समय हो । अझ भन्दा यो त गाडी बेचेर पनि सेयर किन्ने समय हो।’
यता अटो व्यवसायीहरु पनि धेरै ग्राहकले गाडी बुक गरिरहेको र सेयर बेचेर थप पैसाको जोहो गर्ने बताएको स्वीकारेका छन् । नाडा अटो शोमा भेटिएका थुप्रै अटो व्यवसायीहरुले सेयर बजार बढेपछि कमाएको पैसाले धेरैले गाडी किन्ने योजना आफुलाई बताएको स्वीकार गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register