बेपत्ता दुई स्पेनी नागरिकमध्ये एक मृत फेला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बेपत्ता दुई स्पेनी नागरिकमध्ये एक मृत फेला परेका छन् । अन्नपूर्ण–९ तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) बेपत्ता भएका थिए । तीमध्ये इरिक मृत भेटिएका हुन् । भुरुङ्दी खोलामा बालुवाले पुरेको अवस्थामा उनलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको […]

Aug 27, 2024 - 10:43
 0
बेपत्ता दुई स्पेनी नागरिकमध्ये एक मृत फेला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बेपत्ता दुई स्पेनी नागरिकमध्ये एक मृत फेला परेका छन् ।

अन्नपूर्ण–९ तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) बेपत्ता भएका थिए ।

तीमध्ये इरिक मृत भेटिएका हुन् । भुरुङ्दी खोलामा बालुवाले पुरेको अवस्थामा उनलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोलासको प्रहरी, पर्यटक प्रहरी र सशस्त्र प्रहरीको गोताखोर समूहले खोजी गरिरहेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का वीरेठाँटी चेकपोस्ट इन्चार्ज यामबहादुर गुरुङका अनुसार उनीहरूले आइतबार बिहान १० बजेर २१ मिनेटमा घोरेपानी पदयात्रामा जानका लागि नाम दर्ता गराएका थिए ।

घोरेपानी पुग्न उनीहरूले मोटरबाटो छोडेर पुरानो पदयात्रा मार्ग रोजेका हुन् ।

भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न सकेको थिएन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register