प्रधानमन्त्री ओली र देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोमबार गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम बिथोल्न खोजेको आरोपमा सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गरेको […]

Aug 28, 2024 - 06:31
 0
प्रधानमन्त्री ओली र देउवाविरुद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम बिथोल्न खोजेको आरोपमा सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गरेको आरोपमा मंगलबार उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ । एसपी नवराज अधिकारीले भने, ‘उनीहरूलाई छानबिनको लागि नियन्त्रणमा लिइएको हो । मुद्दा चल्ने नचल्नेबारे आज निर्णय हुने सम्भावना छ ।’

सोमबार टुँडिखेलमा धेरै मानिस गौरा पर्व मनाउन र खेल्न आएका थिए । तर, केही व्यक्तिले होहल्ला गरेपछि ओली र देउवाले भाषण गरेनन् । कार्यक्रम बिथोल्न खोजेको भन्दै पछि प्रशासनले केही व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register