एएफसी महिला च्याम्पियन्स लिग : एपीएफ र सवा एफसीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग फुटबलमा नेपालको विभागीय टोली एपीएफ क्लबले साउदी अरबको सवा एफसीसँग प्रतिस्पर्धा गर्दैछ । बुधबार मलेसियाको लिकास मैदानमा एपीएफले आफ्नो दोस्रो खेलमा सवा एफसीसँग प्रतिस्पर्धा गर्ने भएको हो । खेल नेपाली समय अनुसार आज साँझ ५:४५ बजे सुरु हुनेछ । एपीएफ आफ्नो पहिलो जितको खोजीमा छ । पहिलो खेलमा भने […]

Aug 28, 2024 - 06:31
 0
एएफसी महिला च्याम्पियन्स लिग : एपीएफ र सवा एफसीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग फुटबलमा नेपालको विभागीय टोली एपीएफ क्लबले साउदी अरबको सवा एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

बुधबार मलेसियाको लिकास मैदानमा एपीएफले आफ्नो दोस्रो खेलमा सवा एफसीसँग प्रतिस्पर्धा गर्ने भएको हो । खेल नेपाली समय अनुसार आज साँझ ५:४५ बजे सुरु हुनेछ । एपीएफ आफ्नो पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा भने एपीएफ उज्वेकिस्तानको पीएफसी नासाफसँग १–० ले पराजित भएको थियो ।

एसियाली फुटबल महासंघ (एएफसी)ले नयाँ स्वरूपमा पहिलोपल्ट महिला च्याम्पियन्स लिग आयोजना गरेको हो ।

प्रतियोगिताको प्रारम्भिक चरणमा १३ टोलीले प्रतिस्पर्धा गर्ने एएफसीले जनाएको छ । जसमा समूह ‘ए’ मा चार टोली छन् भने अन्य तीन समूहमा तीन–तीन टोली रहेका छन् ।

एपीएफले पहिलो पटक महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register